कार्तिक २२, २०८३ आइतबार November 8, 2026

सेन्ट फ्रान्सिस स्कुललाई विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि

दोस्रो दौँतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि सेन्ट फ्रान्सिस स्कुललाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमााण्डौं । दौँतरी समूह रामबजारको आयोजनामा हालै सम्पन्न भएको दोस्रो दौँतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता २०८३ को उपाधि सेन्ट फ्रान्सिस स्कुलले जितेको छ । उपाधि सँगै सेन्ट फ्रान्सिसले नगद ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बालोदय सेकेण्डरी स्कुलले नगद ३३ हजार ३ सय ३३, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने कालिका माविले फेयर प्लेको उपाधि सँगै नगद ११ हजार १ सय ११, प्रमाणपत्र र शिल्ड प्राप्त गर्‍यो । प्रतियोगितामा सेन्ट फ्रान्सिसका दीपक तामाङले हाइ स्कोररको उपाधि हात पारे, सेन्ट फ्रान्सिसकै प्रकाश पुन मगरले वेष्ट गोल किपरको उपाधि हात पारे । बालोदयका विकलेस बल थापाले वेष्ट प्लेयरको उपाधि हात पारे ।

प्रतियोगिताको अवसरमा नेपाली फुटबल तथा खेलकुद क्षेत्रमा पु¥याउनु भएको अमूल्य योगदानको उच्च कदर गर्दै आयोजक दौँतरी समूह रामबजारले दुई जना वरिष्ठ फुटबल कोचलाई विशेष सम्मान अर्पण गरेको छ । दौँतरी समूहले वरिष्ठ फुटबल कोच खेम बहादुर गुरुङ र वरिष्ठ फुटबल कोच शम्भु केसीलाई सम्मान गरेको हो ।

प्रतियोगिताका विजेताहरूलाई पोखरा महानगरपालिका वडा नं १० का वडा अध्यक्ष राजेश गुरुङ, दौँतरी समूहका अध्यक्ष मनोज गुरुङ, प्रतियोगिताका मुख्य प्रायोजक तथा सल्लाहकार विनीता थापा, सह प्रायोजक तथा रामबजार हङकङका संस्थापक रक्षा गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Foreign Minister Khanal leaves for Turkiye, leading Nepali Delegation to COP31
२०८३ कार्तिक २१, शनिबार
एनपिएलः लुम्बिनी लायन्स विरुद्ध काठमाण्डु गोर्खाज ३६ रनले बिजयी
२०८३ कार्तिक २१, शनिबार
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
२०८३ कार्तिक २१, शनिबार
कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक
२०८३ कार्तिक २१, शनिबार
‘मलाई सभापतिबाट हटाइएको छैन, मैले महाधिवेशन गराएको पनि छैन’ : देउवा
२०८३ कार्तिक २१, शनिबार
‘घृणा, प्रतिशोध र पूर्वाग्रह पुरानो वर्षसँगै त्यागौँ’ : गगन थापा
२०८३ कार्तिक २१, शनिबार
‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आयो, नयाँ राष्ट्रिय एकता आवश्यक छ’ : प्रचण्ड
२०८३ कार्तिक २१, शनिबार