भाद्र २४, २०८३ बुधबार September 9, 2026

चिनियाँ एआईमाथि अमेरिकी आरोप

चिनियाँ एआईको बढ्दो सफलताले अमेरिकी कम्पनीमाथि प्रतिस्पर्धात्मक दबाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, २४ भदौ : अमेरिकी साइबर सुरक्षा अधिकारीहरूले डीपसिक, मुनसट एआईलगायत प्रमुख चिनियाँ एआई कम्पनीले अमेरिकी एआई मोडलका क्षमता र प्रविधि व्यवस्थित रूपमा नक्कल तथा चोरी गरिरहेको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै महिना ह्वाइट हाउसमा हुनसक्ने सम्भावित भेटवार्ताअघि यस्तो आरोप आएको हो ।

अमेरिकी साइबर डिफेन्स एजेन्सीले चीनमा आधारित कम्पनीहरूले ठूला अमेरिकी एआई मोडलका परिणाम र क्षमताको नक्कल गरी आफ्ना एआई मोडललाई प्रशिक्षित गर्ने प्रविधिमार्फत अमेरिकी प्रविधि हासिल गरिरहेको जनाएको छ । यस प्रक्रियामा ठूलो र बढी क्षमतायुक्त मोडलको परिणामको नक्कल गर्न अर्को मोडललाई प्रशिक्षित गरिन्छ । एआई उद्योगमा यो विधि सामान्य भए पनि चिनियाँ कम्पनीहरूले अमेरिकी प्रणालीको अवैध प्रतिलिपि बनाउन ठूलो स्तरमा प्रयोग गरिरहेको अमेरिकी अधिकारीहरूको दाबी छ ।

डीपसिक, मुनसट एआई, अलीबाबा, मिनीमैक्स, स्टेपफन र जेड.एआईले ओपनएआई, एन्थ्रोपिक, गुगल र एक्सएआईका मोडलसँग लाखौँ पटक अन्तरक्रिया गरी तिनका क्षमता हासिल गर्न अनुरोधहरू प्रयोग गरेको आरोप लगाइएको छ । अमेरिकी अधिकारीहरूले यस्तो गतिविधि सम्भवतः चिनियाँ सरकारको जानकारीमै सन् २०२४ को अन्त्यदेखि भइरहेको दाबी गरेका छन् ।

चिनियाँ एआईको बढ्दो सफलताले अमेरिकी कम्पनीमाथि प्रतिस्पर्धात्मक दबाब बढिरहेका बेला ट्रम्प प्रशासन विदेशी एआई मोडलमाथि कडा प्रतिबन्ध लगाउने विषयमा पनि दबाबमा छ । तर गत जुलाईमा दर्जनौँ अमेरिकी स्टार्टअपले विदेशी निर्मित एआई मोडलमाथि पूर्ण प्रतिबन्ध लगाउनुअघि पुनर्विचार गर्न आग्रह गरेका थिए ।

चीनले भने अमेरिकी आरोप अस्वीकार गर्दै अमेरिकी एआई कम्पनीहरूले आफ्ना मोडल प्रशिक्षणका लागि चिनियाँ एआईका उदाहरण प्रयोग गरिरहेको आरोप लगाएको छ । यसरी दुवै मुलुकबीच एआई प्रविधिमा प्रतिस्पर्धासँगै एकअर्कामाथि प्रविधि नक्कल गरेको आरोपसमेत तीव्र बनेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन
२०८३ भाद्र २४, बुधबार
राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण
२०८३ भाद्र २४, बुधबार
चिनियाँ एआईमाथि अमेरिकी आरोप
२०८३ भाद्र २४, बुधबार
लायन्स अन्तराष्ट्रिय निर्देशक राजन लम्सालको पहलमा भोटेकोशी बाढीपीडितलाई सवा ३ करोडको LCIF सहयोग
२०८३ भाद्र २४, बुधबार
खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी
२०८३ भाद्र २४, बुधबार
काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै
२०८३ भाद्र २४, बुधबार
उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने
२०८३ भाद्र २४, बुधबार