मंग्सिर २, २०८३ बुधबार November 18, 2026

हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण

दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० वटा निर्देशन पालना नगरेका जहाजमाथि इरानी रिभोलुसनरी गार्ड्सको कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, २५ भदौ (रासस/एएफपी) : इरानले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्दै ओमानको खाडी र अरब सागरका केही भागलाई समेत प्रतिबन्धित क्षेत्रमा समेटेपछि अमेरिका–इरान तनाव थप चर्किएको छ । इरानी रिभोलुसनरी गार्ड्सले बुधबार दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० वटा निर्देशन पालना नगरेका जहाजमाथि कारबाही गरेको जनाएको छ ।

गार्ड्सका प्रवक्ता हुसेन मोहेबीले प्रतिबन्धित क्षेत्रमा समन्वय नगरी प्रवेश गर्ने जहाज कारबाहीको दायरामा पर्ने बताउनुभयो । इरानले हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजले अनुमति लिन र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।

यसबीच, तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य बुधबार १०१.२१ डलरमा बन्द भएको थियो । हर्मुज जलघाँटीबाट सामान्यतया विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ भाग ओसारपसार हुने गर्छ ।

इरानले अमेरिकी सेनाले पाँच इरानी तेल ट्याङ्कर नष्ट गरेको जवाफमा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको पनि जनाएको छ । जोर्डनले आफ्नो क्षेत्रमा प्रहार गरिएका १८ क्षेप्यास्त्र खसालेको बताएको छ । इरानले अमेरिकी कारबाहीलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्तिका लागि खतरा भन्दै सैन्य संरचनामाथिको आक्रमणलाई आत्मरक्षा भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको मध्यावधि निर्वाचनपछि युद्ध अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । तर ‘वाल स्ट्रिट जर्नल’ ले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै युद्ध ट्रम्पको कार्यकालको बाँकी दुई वर्षसम्म पनि जारी रहन सक्ने चेतावनी उहाँका वरिष्ठ सल्लाहकारहरूले दिएको जनाएको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको बोर्ड अफ गभर्नर्सले इरानको आणविक विषय संयुक्त राष्ट्र सुरक्षा परिषद्मा पठाउने पक्षमा २३–३ मतले मतदान गरेको छ । रुस, चीन र नाइजरले विपक्षमा मतदान गरेका थिए । इरानले अमेरिकी दबाबमा प्रस्ताव पारित गरिएको भन्दै त्यसको कुनै आधार नभएको जनाएको छ ।

फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता हर्मुज जलघाँटीबाट हुने अन्तर्राष्ट्रिय आवतजावत लगभग ठप्प छ । जलघाँटी बन्द हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पर्न सक्ने चिन्ता बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार