भाद्र २५, २०८३ बिहिबार September 10, 2026

किमद्वारा विदेशी मोर्चाका सैनिकको प्रशंसा

रुस–युक्रेन युद्धमा उत्तर कोरियाका करिब दुई हजार सैनिक मारिएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, २५ भदौ (रासस/एएफपी) : उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका अवसरमा विदेशमा सैन्य कारबाहीमा सहभागी आफ्ना सैनिकको प्रशंसा गर्दै रुस–युक्रेन युद्धमा प्योङयाङको सैन्य सहयोगप्रति समर्थन जनाउनुभएको छ ।

बुधबार आयोजित कार्यक्रममा उहाँले विदेशमा तैनाथ सैनिकका कमान्डर र जवानप्रति विशेष कृतज्ञता तथा गहिरो सम्मान व्यक्त गर्नुभएको उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।

“विदेशी सैन्य कारबाहीमा भाग लिने हाम्रा सेनाका कमान्डर र सैनिकप्रति विशेष कृतज्ञता र गहिरो सम्मान प्रकट गर्दछु”, उहाँले भन्नुभयो ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेपछि उत्तर कोरिया मस्कोको प्रमुख सहयोगी बनेको विश्लेषकहरूले बताएका छन् । आर्थिक लाभ र सैन्य प्रविधिको बदलामा प्योङयाङले रुसको युद्ध प्रयासमा सहयोग पुर्‍याउँदै आफ्ना सैनिकसमेत पठाएको बताइएको छ ।

दक्षिण कोरियाका अनुसार रुस–युक्रेन युद्धमा उत्तर कोरियाका करिब दुई हजार सैनिक मारिएका छन् । युक्रेनले गत अगस्टमा रुसले उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गर्दै त्यसबाट कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएको थियो ।

युक्रेनले रुसमा करिब ५० हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिने दाबी गरे पनि त्यसको प्रमाण वा निश्चित समयसीमा सार्वजनिक गरेको छैन ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दक्षिण कोरियालाई रुसी क्षेप्यास्त्रबाट सुरक्षाका लागि हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । दक्षिण कोरियाले उक्त अनुरोधमा हालसम्म प्रतिक्रिया दिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीको पुनर्निर्माणका लागि सवा सात खर्ब लाग्ने सरकारको आकलन
२०८३ भाद्र २५, बिहिबार
फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज
२०८३ भाद्र २५, बिहिबार
सुनसरी ४ बाट विजयी दीपककुमार साह उद्योगमन्त्री बन्दै
२०८३ भाद्र २५, बिहिबार
मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए
२०८३ भाद्र २५, बिहिबार
कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश
२०८३ भाद्र २५, बिहिबार
किमद्वारा विदेशी मोर्चाका सैनिकको प्रशंसा
२०८३ भाद्र २५, बिहिबार
ट्रम्पको पाँच हजार डलर लाभांशको वाचा
२०८३ भाद्र २५, बिहिबार