भाद्र २७, २०८३ शनिबार September 12, 2026

भोटेकोशी बाढी : १ हजार ३ सय ८४ जनाको शव फेला

हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ २७ गते । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो २ बजे सम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

जसमध्ये रसुवामा १ सय ८५ जना, नुवाकोटमा १ सय ९९ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २९ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ३ सय ८४ जनाको शव फेला परेको हो ।

फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ३० वटा शव व्यवस्थापन गरी माटो मुनि सुरक्षित राखिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ७ सय ७९ गरी कुल ३ हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ३४ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७ सय ११ जना व्यक्तिलाई राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीहरूमाथि प्रहार
२०८३ भाद्र २७, शनिबार
इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने
२०८३ भाद्र २७, शनिबार
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बास
२०८३ भाद्र २७, शनिबार
भोटेकोशी बाढी : १ हजार ३ सय ८४ जनाको शव फेला
२०८३ भाद्र २७, शनिबार
संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
२०८३ भाद्र २७, शनिबार
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
२०८३ भाद्र २७, शनिबार
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
२०८३ भाद्र २७, शनिबार