भाद्र २८, २०८३ आइतबार September 13, 2026

मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ

४६औँ फिडे चेस ओलम्पियाडमा सहभागी हुन जाने नेपाली खेलाडीलाई बिदाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६औँ फिडे चेस ओलम्पियाडमा सहभागी खेलाडिलाई बिदाइ गर्नुभएको छ । नेपाल बुद्धिचाल महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रम उहाँले यही सेप्टेम्बर १४ देखि २८ गतेसम्म उज्वेकिस्तानको समरकाण्डमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई बिदाइ गर्नुभएको हो ।

कार्यक्रममा मुख्यमन्त्री थापामगरले प्रतियोगितामा विजेता खेलाडीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारले खेलाडीको मन उच्च बनाउनका लागि खेलकुद क्षेत्रमा ठूलो लगानी गरेको उल्लेख गर्नुभयो ।

“खेलाडीले जित्नु भनेको देशले जित्नु हो, बुद्धिचाल प्रतियोगिता बुद्धि लगाएर खेल्नुपर्छ, उच्च मनोबलका साथ खेल्नुहोस्”, मुख्यमन्त्री थापामगरले भन्नुभयो । उहाँले बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशभित्रका १३ जिल्ला र ११९ पालिकामा नै खेलकुदसम्बन्धी पूर्वाधार निर्माण गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रतियोगितामा भाग लिन जान लागेका पाँच महिला खेलाडी कृतिसरा अधिकारी, पूजा भण्डारी, एन्जेल महर्जन, निहाना श्रेष्ठ, सिन्दिरा जोशी र पाँच पुरुष खेलाडी रूपेश जयसवाल, सुश्रुत दाहाल, पुरुषोत्तम सिलवाल, आशिष फुँयाल र राजन सुवेदीलाई बिदाइ गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार