भाद्र २९, २०८३ सोमबार September 14, 2026

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

तीजले मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यताको संरक्षण तथा पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुदूरपश्चिम, २९ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक सद्भाव, सहयोग, भाइचारा र मेलमिलाप कायम गर्दै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

हरितालिका तीज २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले तीजले मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यताको संरक्षण तथा पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको हो ।

मुख्यमन्त्री भट्टले तीज पर्वले दिदीबहिनीबीचको आपसी प्रेम, सद्भाव, आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउँदै पारिवारिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।

“नारी एकता, सम्मान, समानता र सशक्तीकरणको सन्देश बोकेको तीज पर्वले समाजमा आपसी सद्भाव, सहयोग, भाइचारा र मेलमिलाप कायम गर्दै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गरोस्, हार्दिक कामना गर्दछु”, उहाँले भन्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्णबहादुर खड्का सहित देउवा समुहका प्रभावशाली नेताहरु १५औँ महाधिवेशनमा होमिदैं
२०८३ भाद्र २९, सोमबार
विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल
२०८३ भाद्र २९, सोमबार
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार