भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

ग्यास अभाव तत्काल हटाउन दैनिक १६० बुलेट भित्र्याउने तयारी : मन्त्री साह

ग्यास डिपोमा रित्तो सिलिन्डर लिएर घण्टौँ लाइनमा बस्नुपर्ने उपभोक्ताको समस्या छिट्टै अन्त्य हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव तत्काल हटाउन सरकारले भारतबाट दैनिक १६० बुलेट ग्यास भित्र्याउने तयारी गरेको छ।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले आगामी दुई–तीन दिन लगातार १६० बुलेटका दरले ग्यास आयात गर्ने व्यवस्था मिलाइएको भन्दै आपूर्ति प्रणाली तत्काल सहज हुने दाबी गरेका छन्।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री साहले ग्यास डिपोमा रित्तो सिलिन्डर लिएर घण्टौँ लाइनमा बस्नुपर्ने उपभोक्ताको समस्या छिट्टै अन्त्य हुने बताए।

“आगामी केही दिनसम्म लगातार १६० बुलेटका दरले ग्यास ल्याउने सम्पूर्ण प्रबन्ध मिलाइसकिएको छ,” मन्त्री साहले भने, “यो परिमाणको ग्यास बजारमा पुगेपछि उपभोक्ताको माग सहजै पूरा हुने हाम्रो विश्वास छ।”

उनका अनुसार भारतबाट थप ग्यास आपूर्ति भएपछि बजारमा देखिएको अभाव क्रमशः हट्नेछ। सरकारले तत्कालको माग व्यवस्थापनसँगै आपूर्ति प्रणालीलाई नियमित बनाउनेतर्फ काम अघि बढाएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया