कार्तिक २३, २०८३ सोमबार November 9, 2026

निजी क्षेत्रको संरक्षणमा प्रदेश सरकार तत्पर छः मुख्यमन्त्री कार्की

निजी क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार तथा निजी क्षेत्रबीचको साझेदारीलाई मजबुत बनाइने कुरामा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर, ३० भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र सहजीकरणका लागि प्रदेश सरकार सधैँ तत्पर रहने बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर पुगेको मोरङ उद्योग व्यापार सङ्घको नवगठित ३५औँ कार्यसमितिलाई आज बधाई, सम्मान तथा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले उद्योग–व्यवसाय अनुकूल नीतिगत सुधार, लगानीमैत्री वातावरणको निर्माण र स्थानीय उत्पादनको प्रवद्र्धनमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै निजी क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार तथा निजी क्षेत्रबीचको साझेदारीलाई मजबुत बनाइने कुरामा जोड दिनुभयो । उहाँले मोरङ उद्योग व्यापार सङ्घसँग निजी क्षेत्रसँग सम्बन्धित नीतिहरूमा संयुक्त रूपमा छलफल एवं बहस गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सङ्घका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहसहित पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू, आमन्त्रित सदस्यहरू एवं महिला उद्यम समितिका पदाधिकारीलाई खादा तथा माला पहिराएर स्वागत गर्दै सफल एवं उपलब्धिमूलक कार्यकालको शुभकामना पनि दिनुभएको थियो ।

सो अवसरमा मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष साहले कोशी प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै प्रदेशको औद्योगिक एवं आर्थिक विकासमा सङ्घले सरकारसँग काँधमा काँध मिलाएर सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल
२०८३ कार्तिक २४, मंगलबार
देउसी-भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
२०८३ कार्तिक २३, सोमबार
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २३, सोमबार
एनपीएलमा काठमाडौं गोर्खाजको तेस्रो जित, लुम्बिनीको अपराजित यात्रा समाप्त
२०८३ कार्तिक २३, सोमबार
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
२०८३ कार्तिक २३, सोमबार
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार