मंग्सिर २, २०८३ बुधबार November 18, 2026

युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी

अमेरिकी रक्षा कारखाना २४सै घण्टा सञ्चालनमा रहेको र प्याट्रियट, थाड, टोमाहोकलगायत क्षेप्यास्त्रको उत्पादन बढाइएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, ३० भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य द्वन्द्व अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने दाबी गर्नुभएको छ । उहाँले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्न इच्छुक रहेको बताउँदै आणविक हतियार विकास रोक्न आफ्नो प्रशासन सफल भएको दाबीसमेत गर्नुभएको छ ।

‘ट्रुथ सोसल’ मा सन्देश जारी गर्दै उहाँले अमेरिका इरानसँग वार्ताका लागि खुला रहेको बताउनुभयो । हर्मुज जलघाँटीबाट कच्चा तेलको आपूर्ति जारी रहेको उल्लेख गर्दै अन्य देशका लागि समुद्री मार्गको सुरक्षा गरेबापत अमेरिकाले खर्च बेहोर्नुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी रक्षा कारखाना २४सै घण्टा सञ्चालनमा रहेको र प्याट्रियट, थाड, टोमाहोकलगायत क्षेप्यास्त्रको उत्पादन बढाइएको दाबी गर्नुभयो ।

यसैबीच, इरानले हर्मुज जलघाँटी नजिकै अमेरिकी चालकविहीन पानीमुनिको ‘डाइभ–एलडी’ यान कब्जा गरेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले उक्त यानलाई ‘युद्धको लुट’ भन्दै कब्जा वैध भएको दाबी गर्नुभयो । क्यालिफोर्नियास्थित एन्डुरिलले निर्माण गरेको उक्त यान समुद्री नक्साङ्कन, सूचना सङ्कलन र पानीमुनिका पूर्वाधार निरीक्षणमा प्रयोग हुने बताइएको छ ।

तर अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानी दाबीको खण्डन गर्दै उक्त यान कब्जा हुनुअघि नै प्राविधिक समस्यामा परेको स्पष्ट पारेको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार