मंग्सिर २, २०८३ बुधबार November 18, 2026

अमेरिका–इजरायल सैन्य सहकार्य: दई अर्ब ८० करोड डलरको हतियार बिक्री प्रस्ताव

अमेरिकी संसद् तथा सम्बन्धित सरकारी प्रक्रियाहरू पूरा भएपछि मात्र सम्झौताको अन्तिम अवस्था स्पष्ट हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, ३१ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब दई अर्ब ८० करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने तयारी गरेको छ । प्रस्तावित सम्झौतामा दुई हजार पाउन्ड तौलका करिब ४० हजार शक्तिशाली बम समावेश छन् । यिनमा २० हजार ‘एमके–८४’ र २० हजार ‘बीएलयू–११७’ बम रहेका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार प्रस्तावित हतियार सम्झौता अझै अन्तिम चरणमा पुगेको छैन । यसबारे अमेरिकी संसद्लाई अनौपचारिक रूपमा जानकारी गराइसकिएको छ । सम्झौताको अधिकांश रकम विदेशी सैन्य वित्तीय सहयोगअन्तर्गत उपलब्ध गराइनेछ, जसबाट इजरायलले अमेरिकाबाटै यी हतियार खरिद गर्नेछ ।

यी शक्तिशाली बमको सम्भावित प्रयोगलाई लिएर गाजामा ठूलो मानवीय क्षति हुन सक्ने चिन्ता विगतमा उठेको थियो । यही कारण तत्कालीन राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् २०२४ मा दुई हजार पाउन्डका बमको एउटा खेप इजरायल पठाउन रोक लगाएको थियो । तर ट्रम्प पुनः राष्ट्रपति बनेपछि उक्त रोक हटाइएको थियो ।
गाजामा जारी युद्धका कारण दशौँ हजार प्यालेस्टिनीको मृत्यु भएको र क्षेत्रको ठूलो हिस्सा ध्वस्त भएको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको घातक आक्रमणपछि इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको थियो । युद्धका कारण गाजामा गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।

अमेरिकाले गाजामा युद्धविराम कायम गर्न मध्यस्थता गर्दै आएको भए पनि विभिन्न क्षेत्रमा हिंसा अझै जारी रहेको समाचारमा उल्लेख छ । यसैबीच, ट्रम्प प्रशासनले इजरायलको सैन्य क्षमता थप बलियो बनाउन विभिन्न कदम अघि बढाइरहेको छ ।

इजरायल र अमेरिकाबीचको सम्बन्धमा केही विषयमा मतभेद देखिए पनि दुवै देशबीचको सैन्य तथा सुरक्षा सहकार्य भने निरन्तर रहेको छ । विशेषगरी इरानसँगको द्वन्द्वपछि दुई देशबीचको सम्बन्धमा केही जटिलता देखिएको थियो । राष्ट्रपति ट्रम्पले इरानसम्बन्धी विषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुप्रति केही असन्तुष्टि पनि व्यक्त गरेका थिए ।

तर पछिल्लो प्रस्तावित हतियार सम्झौताले अमेरिका र इजरायलबीचको सैन्य सहकार्य कायमै रहेको देखाउँछ । जुलाईमा ट्रम्प र नेतन्याहुबीच ह्वाइट हाउसमा भेटवार्ता पनि भएको थियो ।

प्रस्तावित दई अर्ब ८० करोड डलरको हतियार सम्झौता भने अझै अन्तिम रूपमा स्वीकृत भइसकेको छैन । अमेरिकी संसद् तथा सम्बन्धित सरकारी प्रक्रियाहरू पूरा भएपछि मात्र सम्झौताको अन्तिम अवस्था स्पष्ट हुनेछ । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार