असोज १, २०८३ बिहिबार September 17, 2026

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौं : मुख्यमन्त्री शाही

प्रदेशको समग्र विकास र बजेट खर्च बढाउन कर्मचारी प्रशासनले द्रुतत्तर गतिमा काम गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, १ असोजः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि आवश्यक सबै उपाय अवलम्बन गरिने  बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सुर्खेतमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेशको समग्र विकास र बजेट खर्च बढाउन कर्मचारी प्रशासनले द्रुतत्तर गतिमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्यालयले नै सन्तोषजनक प्रगति नगरे अन्यमा खास प्रगति नहुने भन्दै उहाँले पुँजीगत खर्च बढाउन सबै अवरोध हटाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “ऐननियम संशोधन गर्नुपर्नेछ भने गरौं, कर्मचारीलाई  तालिमको आवश्यकता हो भने त्यो पनि दिऊँ तर काम समयमै सक्ने र विनियोजित रकम पारदर्शी र प्रभावकारी रुपमा खर्च गर्नेतर्फ ध्यान दिऊँ ।”

उहाँले स्थानीय तहसँगको सहकार्य र कर्मचारीको काममा गति बढाएर वित्तीय प्रगतिमा सुधार ल्याउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा प्रमुख सचिव राधिका अर्यालले आर्थिक वर्ष २०८२÷८३ को वित्तीय प्रगति सन्तोषजनक नभएको भन्दै यसपटक सुधारेर लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकारको आव २०८२/८३ को वार्षिक प्रगति विवरणअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत कुल रु छ अर्ब नौ करोड ६२ लाख बजेट विनियोजन भएकामा असार मसान्तसम्म रु तीन अर्ब ३७ करोड १६ लाख खर्च भएको थियो । जुन कुल बजेटको ५५ दशमलव ३१ प्रतिशत बराबर हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
२०८३ असोज १, बिहिबार
आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
२०८३ असोज १, बिहिबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ असोज १, बिहिबार
बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
२०८३ असोज १, बिहिबार
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौं : मुख्यमन्त्री शाही
२०८३ असोज १, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँईको दैनिकी ? हेर्नुहोस् राशिफल
२०८३ असोज १, बिहिबार
महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेशमा निषेध गर्ने मुगु कांग्रेसको निर्णय
२०८३ असोज १, बिहिबार