असोज १, २०८३ बिहिबार September 17, 2026

बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

नदीको बहाव पुगेको क्षेत्रसम्मको जग्गा सरकारले अधिग्रहण गरी प्रभावितलाई सुरक्षित स्थानमा वैकल्पिक जग्गा उपलब्ध गराउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिशूली (नुवाकोट), १ असोजः पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताउनुभएको छ ।

बाढीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानको बुधबार अवलोकन गर्नाका साथै प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्नुभएका पूर्वप्रधानमन्त्री भट्टराईले अबको पुनरुत्थान तथा पुनर्निर्माणमा सुरक्षित बस्ती विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

“भोटेकोशीमा आएको बाढी सामान्य विपद् होइन, यसलाई हिमालय महाविपत्तिका रूपमा लिन सकिन्छ,” उहाँले भन्नुभयो, “हिमताल र हिमनदीको जोखिम निकै भयावह बन्दै गएको छ । आगामी दिनमा कसरी सुरक्षित रहने भन्ने विषयमा अहिले नै चनाखो भएर सुरक्षित स्थानमा बस्ती बसाल्नुपर्छ ।”

पूर्वप्रधानमन्त्री डा भट्टराईले बाढीबाट क्षति पुगेको विदुर नगरपालिकाका विभिन्न स्थानको अवलोकन गर्नुभएको थियो । त्यस क्रममा उहाँले प्रभावित क्षेत्रका बासिन्दा तथा स्थानीय जनप्रतिनिधिसँग बाढीले पु¥याएको क्षति र पुनरुत्थानका विषयमा जानकारी लिनुभयो ।

उहाँले नदीको बहाव पुगेको क्षेत्रसम्मको जग्गा सरकारले अधिग्रहण गरी प्रभावितलाई सुरक्षित स्थानमा वैकल्पिक जग्गा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

बाढीपछिको खोज तथा उद्धार, राहत वितरण तथा प्रभावितलाई राख्न निर्माण गरिएका ‘होल्डिङ सेन्टर’को व्यवस्थापन प्रभावकारी देखिएको उल्लेख गर्दै उहाँले पुनरुत्थानका काममा पनि यही प्रकारको समन्वय र सहजीकरण कायम गर्नुपर्ने बताउनुभयो ।

विदुर नगरपालिकामा बाढीबाट पुगेको क्षतिको नगरप्रमुख राजन श्रेष्ठ तथा वडाध्यक्षबाट जानकारी लिएपछि उहाँले उद्धार तथा प्रभावितको व्यवस्थापनमा तीन तहका सरकारबीच भएको सहकार्य उदाहरणीय रहेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने
२०८३ असोज १, बिहिबार
आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
२०८३ असोज १, बिहिबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ असोज १, बिहिबार
बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
२०८३ असोज १, बिहिबार
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौं : मुख्यमन्त्री शाही
२०८३ असोज १, बिहिबार
आज बिहिबार कस्तो रहला तपाँईको दैनिकी ? हेर्नुहोस् राशिफल
२०८३ असोज १, बिहिबार
महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेशमा निषेध गर्ने मुगु कांग्रेसको निर्णय
२०८३ असोज १, बिहिबार