असोज २, २०८३ शुक्रबार September 18, 2026

प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

पाल–चीनबीचको आपसी हित तथा दुई देशका सेनाबीच रहँदै आएको सैनिक सम्बन्धका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले चिनियाँ रक्षा मन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेटवार्ता गगरेका छन् ।

प्रधान सेनापति सिग्देलले बुधबार (भदौ ३१ गते) चिनियाँ रक्षा मन्त्री डोङ जुनसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा नेपाल–चीनबीचको आपसी हित तथा दुई देशका सेनाबीच रहँदै आएको सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

त्यसैगरी, प्रधान सेनापति सिग्देलले सोही दिन चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनले विश्वविद्यालयका विभिन्न गतिविधिबारे जानकारी लिएका थिए।

प्रधान सेनापति सिग्देल बेइजिङमा आयोजित १३औँ बेइजिङ सियाङसान फोरमको उद्घाटन सत्रमा समेत सहभागी भएका छन् ।

चीनको औपचारिक भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चिनियाँ उच्च सैनिक तथा रक्षा अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै नेपाल–चीन सैनिक सम्बन्ध, आपसी सहयोग र साझा हितका विषयमा छलफल गर्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया