सूचना हेर्नुहोस् :



काठमाण्डौं । नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना आह्वान भएको छ।
प्रहरीमा प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदसहित ३३४ संख्यामा नयाँ भर्ना आह्वान भएको हो।
प्रहरी प्रधान कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार प्रहरी सहायक निरीक्षक ९(सई) तर्फ २ सय ११ जनाका लागि दरखास्त आह्वान भएको छ।
त्यसैगरी कार्यालय सहयोगी (भान्छे) तर्फ ८३ जना, हजाम १५ र कुचिकार २५ जनाको लागि पनि दरखास्त आह्वान भएको छ ।
असईतर्फ भर्ना हुन इच्छुकले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्।
सूचना हेर्नुहोस् :



युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया