असोज २, २०८३ शुक्रबार September 18, 2026

अर्थमन्त्री वाग्ले आज भारतीय विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गर्दै

भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले आज शुक्रबार विभिन्न कार्यक्रममा सहभागी हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज २ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटघाट गर्दै हुनुहुन्छ ।

तीनदिने भ्रमणका लागि उहाँ बिहीबार भारत प्रस्थान गर्नुभएको थियो । बिहीबार नै उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।

भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले आज शुक्रबार विभिन्न कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ।

आज बिहान ९ बजे उहाँ पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ । इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने उक्त संवादमा अर्थमन्त्री डा। वाग्लेले प्रमुख अतिथिका रूपमा विचार व्यक्त गर्नुहुनेछ ।

आजै अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताको समय साँझ ५ बजेका लागि निर्धारण गरिएको छ ।

त्यसैगरी, अर्थमन्त्री डा. वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्नुहुने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ । भारत मण्डपममा आयोजना हुने उक्त कार्यक्रममा नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे बृहत् तथा उच्चस्तरीय छलफल हुनेछ ।

अर्थमन्त्रीको उच्चस्तरीय तीनदिने भारत भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली दूतावास, नयाँ दिल्लीका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी हुनुहुन्छ ।

भ्रमणको तेस्रो दिन शनिबार निजी क्षेत्रसँगको भेटघाट तथा अन्य उच्चस्तरीय भेटवार्तापछि अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
२०८३ असोज २, शुक्रबार
पूर्व मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने
२०८३ असोज २, शुक्रबार
तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज २, शुक्रबार
कांग्रेसको मुख हेर्ने कि रुख ? – प्रह्लाद रिजाल
२०८३ असोज २, शुक्रबार
‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’: मुख्यमन्त्री आचार्य
२०८३ असोज २, शुक्रबार
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
२०८३ असोज २, शुक्रबार
मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्दै
२०८३ असोज २, शुक्रबार