असोज २, २०८३ शुक्रबार September 18, 2026

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्दै

समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ः०० बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ । बैठकमा नियमित सरकारी कामकारबाही, मन्त्रालयगत प्रस्ताव तथा आवश्यक निर्णयका विषयमा छलफल हुन सक्नेछ ।

मन्त्रिपरिषद् बैठकले सरकारका महत्वपूर्ण नीतिगत, प्रशासनिक तथा कानुनी विषयमा निर्णय गर्ने भएकाले आजको बैठकलाई पनि नियमित कार्यसूचीका साथै समसामयिक विषयका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया