असोज २, २०८३ शुक्रबार September 18, 2026

‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’: मुख्यमन्त्री आचार्य

स्थानीय तहलाई दिएको अधिकार अझै पूर्ण रूपमा प्रत्यायोजन नभएकाले बाँकी अधिकार हस्तान्तरण गर्न सङ्घीय सरकारलाई ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ, २ असोजः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेश प्रशासनिक परिसरमा आज आयोजना गरिएको सरसफाइ कार्यक्रममा उहाँले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार अझै पूर्ण रूपमा प्रत्यायोजन नभएकाले बाँकी अधिकार हस्तान्तरण गर्न सङ्घीय सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।

“प्रदेश र स्थानीय तहले संविधानले दिएका अधिकारहरू अहिले पनि कार्यान्वयन गर्न पाइरहेको अवस्था छैन । यसमा सङ्घीय सरकारले अधिकार हस्तान्तरणमा पहल गर्नुपर्ने आवश्यकता छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो । संविधानले निर्दिष्ट गरेका अधिकार प्रदेश र स्थानीय तहले उपयोग गर्न पाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो, “संवैधानिक अधिकार कार्यान्वयन गर्न जरुरी छ । संविधानले निर्दिष्ट गरेका अधिकारको प्रभावकारी कार्यान्वयनबाट मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र पूर्ण रूपमा कार्यान्वयनमा आउछ ।” उहाँले संविधान र लोकतान्त्रिक व्यवस्थाका लागि योगदान तथा बलिदान दिने ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।

प्रदेश सरकारले संविधान दिवसका अवसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेअनुसार प्रशासनिक परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा मुख्यसचिव विनोदबहादुर कुँवरले प्रशासनिक परिसरलाई नमुनायोग्य बनाउने गरी सरसफाइ तथा संरक्षणको काम अघि बढाइएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
२०८३ असोज २, शुक्रबार
पूर्व मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने
२०८३ असोज २, शुक्रबार
तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज २, शुक्रबार
कांग्रेसको मुख हेर्ने कि रुख ? – प्रह्लाद रिजाल
२०८३ असोज २, शुक्रबार
‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’: मुख्यमन्त्री आचार्य
२०८३ असोज २, शुक्रबार
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
२०८३ असोज २, शुक्रबार
मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्दै
२०८३ असोज २, शुक्रबार