असोज २, २०८३ शुक्रबार September 18, 2026

अस्ट्रेलियामा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी, मेलबर्न र ब्रिस्बेन विमानस्थलहरूमा आउने र जाने अन्तरराष्ट्रिय उडानहरूको लागि विद्युतीय पासहरू प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिड्नी, ३ असोज (रासस/सिन्ह्वा): अस्ट्रेलियाका तीनवटा व्यस्त विमानस्थलहरूमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तरराष्ट्रिय यात्रुहरूको उडान प्रभावित भई यात्रुहरु समस्यामा परेको जनाइएको छ ।

प्राविधिक समस्याले सिड्नी, मेलबर्न र ब्रिस्बेन विमानस्थलहरूमा आउने र जाने अन्तरराष्ट्रिय उडानहरूको लागि विद्युतीय पासहरू प्रभावित भएको जनाइएको छ ।

स्थानीय मिडियाले रिपोर्ट गरेअनुसार प्रणलीमा अवरुद्धका भएका कारण अन्तर्राष्ट्रिय टर्मिनलहरूमा यात्रुहरूको लामो लाइनहरू थिए ।

अस्ट्रेलियाली सीमा बलका प्रवक्ताले न्यूज कर्प अष्ट्रेलियाका अखबारहरूलाई जानकारी गराएअनुसार एजेन्सीलाई समस्याको बारेमा थाहा थियो र यात्रुहरूलाई भौतिक रूपमा प्रशोधन गर्न थप अधिकारीहरू खटाइएको थियो ।

उनीहरुले समस्या समाधान गर्न प्रयास जारी राख्दै यात्रुहरूको धैर्यताका लागि आह्वान गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया