असोज ३, २०८३ शनिबार September 19, 2026

प्रधान सेनापति सिग्देल चीन भ्रमण सकेर स्वदेश फिर्ता

बलाधिकृत रथी प्रदीपजंग केसीले गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधान सेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गरेका थिए।

चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चिनियाँ रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेट गरेका थिए। उनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) लगायत चिनियाँ सैनिक तालिम तथा शिक्षण संस्था र विभिन्न सैनिक एकाइको निरीक्षण भ्रमणसमेत गरेका थिए।

सिग्देलले चीनमा रहँदा बेइजिङमा आयोजित १३औँ बेइजिङ स्याङसान फोरममा समेत सहभागिता जनाएका थिए।

नेपाली सेनाले प्रधान सेनापतिको चीन भ्रमणले नेपाल र चीनबीच रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय तथा सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया