असोज ४, २०८३ आइतबार September 20, 2026

संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश : मुख्यमन्त्री पाण्डे

सङ्घर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधारशीला रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न संविधानले मार्गनिर्देश गरेको बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले सङ्घर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधारशीला रहेको उल्लेख गर्नुभएको छ ।

“संविधानले नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, समानता, सामाजिक न्याय, समावेशिता तथा लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने मार्गनिर्देशन गरेको छ”, शुभकामना सन्देशमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया