असोज ६, २०८३ मंगलबार September 22, 2026

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

आणविक निशस्त्रीकरणलाई अन्तिम लक्ष्य बनाए पनि त्यसलाई वार्ताको पूर्वसर्त बनाउँदा कुनै उपलब्धि हासिल गर्न नसकिने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, ६ असोज  : दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक कार्यक्रम तत्काल पूर्ण रूपमा अन्त्य गराउने प्रयासभन्दा हालको स्तरमा रोक्न र त्यसको बदलामा प्योङयाङमाथिका प्रतिबन्धमा राहत दिन अमेरिकालाई आग्रह गर्नुभएको छ ।

द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उहाँले आणविक निशस्त्रीकरणलाई अन्तिम लक्ष्य बनाए पनि त्यसलाई वार्ताको पूर्वसर्त बनाउँदा कुनै उपलब्धि हासिल गर्न नसकिने बताउनुभयो । राष्ट्रपति लीले सन् २०२५ जुनमा सत्ता सम्हालेपछि पूर्वसर्तबिना उत्तर कोरियासँग वार्ता गर्न प्रस्ताव गर्दै आउनुभएको भए पनि प्योङयाङले त्यसप्रति अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धका बाबजुद आफ्नो कानूनमै आफूलाई आणविक हतियारयुक्त राष्ट्रका रूपमा स्थापित गरेको छ । राष्ट्रपति लीले आणविक हतियारको नयाँ उत्पादन तथा आणविक सामग्रीको आपूर्ति रोक्दै हालको क्षमतालाई सीमित गर्नु महत्त्वपूर्ण उपलब्धि हुने बताउनुभयो ।

तर आलोचकहरूले यस्तो नीतिले उत्तर कोरियालाई आणविक हतियारयुक्त राष्ट्रका रूपमा स्वीकार गर्ने जोखिम रहेको र प्योङयाङले आफ्नो शस्त्रागार नत्यागी प्रतिबन्धमा राहत पाउन सक्ने बताएका छन् ।

यसैबीच उत्तर कोरियाले चीन र रुसबाट महत्त्वपूर्ण सहयोग पाइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनलाई तीन पटक भेट्नुभएको थियो । तर सन् २०१९ को हनोई शिखर वार्तामा प्रतिबन्ध राहत र आणविक निशस्त्रीकरणबारे सहमति हुन नसकेपछि दुई देशबीचको कूटनीतिक प्रक्रिया रोकिएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार