काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीपछि बेपत्ता जलविद्युत् आयोजनाका कर्मचारीको खोजी भइरहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा उनले नेपाली सेना र विदेशी विज्ञको समन्वयमा खोजी तथा उद्धार जारी रहेको जानकारी दिए । बाढीबाट ११ जलविद्युत् आयोजना बन्द भएको र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि करिब ३ खर्ब ९० अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको उनले बताए ।
सम्पर्कविहीन विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म तलबको ५० प्रतिशत उपलब्ध गराउने निर्णय भएको पनि मन्त्री श्रेष्ठले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया