मंग्सिर २, २०८३ बुधबार November 18, 2026

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल-साराको भनाइ

कारबाहीका क्रममा करिब ३०० जनालाई हिरासतमा लिइएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

संयुक्त राष्ट्रसङ्घ, ८ असोज : सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको सैन्य उपस्थितिको विरोध गर्दै गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उहाँले इजरायलले आफू सत्तामा आएयता सिरियामा ५०० भन्दा बढी हवाई तथा तोप आक्रमण र करिब एक हजार २०० स्थल कारबाही गरेको दाबी गर्नुभयो । ती कारबाहीका क्रममा करिब ३०० जनालाई हिरासतमा लिइएको उहाँले बताउनुभयो ।

अल–साराले सन् १९६७ को युद्धमा इजरायलले सिरियाबाट कब्जा गरेको तथा सन् १९८१ मा विलय घोषणा गरेको गोलान हाइट्समाथिको इजरायली नियन्त्रणको विरोध गर्नुभयो । “गोलान सिरियाको भूमि नै रहनेछ”, उहाँले भन्नुभयो ।

सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोलान हाइट्समाथि इजरायलको सार्वभौमिकतालाई मान्यता दिनुभएको थियो । तर संयुक्त राष्ट्रसङ्घ र अधिकांश अन्तर्राष्ट्रिय समुदायले गोलानलाई सिरियाली भूभाग मान्दै इजरायलको विलयलाई मान्यता दिएका छैनन् ।

अल–साराले इजरायललाई सन् १९७४ को सम्झौताअनुसार कायम गरिएको असैन्यीकृत क्षेत्रसम्बन्धी व्यवस्था पालना गर्न आग्रह गर्दै इजरायली सेनालाई सन् २०२४ डिसेम्बर ८ को अवस्थाको सीमारेखातर्फ फर्किन आग्रह गर्नुभयो । इजरायलले दक्षिणी सिरियामा सेना पठाउनुको कारण सम्भावित आक्रमण रोक्नु रहेको बताउँदै आएको छ ।

यसैबीच, अल–साराले मङ्गलबार अट्लान्टिक काउन्सिलको कार्यक्रममा ट्रम्पको गोलानसम्बन्धी नीतिमाथि व्यङ्ग्य गर्दै गोलान हाइट्सको सट्टा इजरायललाई न्यु जर्सी दिने प्रस्ताव किन नगरेको भनेर आफूले ट्रम्पलाई सोधेको बताउनुभएको थियो । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार