कार्तिक २३, २०८३ सोमबार November 9, 2026

ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

एआइआइबीका प्रतिनिधिले नेपालको प्रसारण लाइन र वितरण प्रणालीलाई एकीकृत रूपमा स्तरोन्नति गर्न सहयोग गर्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ८ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी)का महानिर्देशक रजत मिश्राको प्रतिनिधिमण्डलले भेट गरेको छ ।

ऊर्जा मन्त्रालयमा आज भएको भेटमा ऊर्जा क्षेत्रको विकास र विपद् पूर्वतयारी र पूर्वसूचना प्रणाली बलियो बनाउन सहकार्य गर्नेबारे छलफल भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको  छ ।

ऊर्जामन्त्री श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई क्षेत्रीय ऊर्जा हबका रूपमा विकास गर्नेगरी सहकार्य गर्न प्रस्ताव गर्नुभयो । नेपालको अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि बढाइरहेको भन्दै उहाँले सहकार्यमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले हालसम्म नेपालको ऊर्जा क्षेत्रमा सहयोग गरेकामा धन्यवाद पनि दिनुभयो ।

मन्त्री श्रेष्ठले कर्णालीको सुर्खेत, सल्यान, जाजरकोट, कालीकोट, रुकुम पश्चिम, जुम्ला, मुगु, हुम्ला र लुम्बिनीको दाङ, बाँके, बर्दिया र रोल्पामा एआइआइबीको लगानीमा निर्माण भइरहेको प्रसारण लाइन निर्माण, सबस्टेसनको विस्तार एवं वितरण प्रणालीको सुदृढीकरणका विषयमा उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा अन्य सहरोन्मुख र सहरी क्षेत्रमा आन्तरिक खपत बढाउन वितरण प्रणाली तथा प्रसारण लाइनको निर्माण कार्यमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्यमा एआइआइबीजस्ता साझेदार निकायले विशेष सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले भोटेकोशी बाढीपछि बाढी पूर्वानुमान प्रणालीलाई तीन दिनबाट पाँच दिनमा विस्तार गरिएको जानकारी गराउनुभयो ।

नेपालको विद्युत् क्षेत्रमा रहेका नीतिगत कमजोरी पहिचान गरी निजी क्षेत्र तथा साझेदार निकायको लगानीका लागि सहज वातावरण बनाउन तयारी भइरहेको र एआइआइबीजस्ता पूर्वाधार साझेदारबाट महत्त्वपूर्ण नीतिगत सुझावको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

एआइआइबीका प्रतिनिधिले नेपालको प्रसारण लाइन र वितरण प्रणालीलाई एकीकृत रूपमा स्तरोन्नति गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँहरूले विपद्पछिको पुनःरुत्थान र पुनर्निर्माणमा सघाउने प्रतिबद्धता पनि जनाउनुभयो । छलफलमा एआइआइबीले विद्युत् प्रणालीमा ‘डिजिटल’ पूर्वाधार विकास गर्ने इच्छा व्यक्त गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल
२०८३ कार्तिक २४, मंगलबार
देउसी-भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
२०८३ कार्तिक २३, सोमबार
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २३, सोमबार
एनपीएलमा काठमाडौं गोर्खाजको तेस्रो जित, लुम्बिनीको अपराजित यात्रा समाप्त
२०८३ कार्तिक २३, सोमबार
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
२०८३ कार्तिक २३, सोमबार
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार