असोज ९, २०८३ शुक्रबार September 25, 2026

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक दायरा १८७ मुलुकमा पुग्यो

दुवै देश र जनताको साझा प्रगति एवं समृद्धिका लागि सहकार्यलाई अघि बढाउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  नेपाल र नामिबियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएर विश्वका १८७ मुलुकमा पुगेको छ।

संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाकी अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसाभीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षर समारोहअघि दुवै देशका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय हितका विविध विषयमा गहन विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिका विषयमा समेत छलफल भएको थियो।

भेटका क्रममा दुवै मन्त्रीले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोगका नयाँ सम्भावनाहरू पहिल्याउँदै दुवै देश र जनताको साझा प्रगति एवं समृद्धिका लागि सहकार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात सेवा प्रभावित
२०८३ असोज ९, शुक्रबार
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक दायरा १८७ मुलुकमा पुग्यो
२०८३ असोज ९, शुक्रबार
पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अनिश्चितकालका लागि बन्द
२०८३ असोज ९, शुक्रबार
अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध
२०८३ असोज ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८३ असोज ९, शुक्रबार
राजस्व संकलन १५.४ प्रतिशतले बढ्यो: असोज ७ गतेसम्म २ खर्ब २ अर्बभन्दा बढी संकलन
२०८३ असोज ९, शुक्रबार
Foreign Minister Khanal attends meeting of ‘Group of Friends of Mediation’
२०८३ असोज ८, बिहिबार