असोज ११, २०८३ आइतबार September 27, 2026

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

गाउँ तथा नगर अधिवेशनअन्तर्गत नौ स्थानीय तहमा सर्वसम्मत र एकमा मतदानमार्फत नेतृत्व चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागलुङ, ११ असोजः नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व चयन भएको छ । गाउँ तथा नगर अधिवेशनअन्तर्गत नौ स्थानीय तहमा सर्वसम्मत र एकमा मतदानमार्फत नेतृत्व चयन भएको हो ।

जिल्लाका ८५ वडामा वडा अधिवेशनपछि वडा सभापतिसहितको नेतृत्व चयनपश्चात् सबै स्थानीय तहमा गाउँ तथा नगर सभापतिसहित नेतृत्व चयन भएको नेपाली कांग्रेसकासचिव हरिहर शर्माले राससलाई जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाको सभापतिमा नारायण पौडेल, ढोरपाटन नगरपालिकाको नगर सभापतिमा दीपक अदै र जैमिनी नगरपालिकाको सभापतिमा काशिराम आचार्य चयन सर्वसम्मत चयन हुनुभएको छ ।

यसैगरी, गलकोट नगरपालिकामा हिमबहादुर भण्डारी सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँले १७१ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी पवन हमालले ८७ मत प्राप्त गर्नुभयो ।

ताराखोला गाउँपालिकाको सभापतिमा भीमबहादुर रोका, बरेङ गाउँपालिका सभापतिमा मोतिराम गौतम, काठेखोला गाउँपालिका सभापतिमा ज्ञामनाथ कँडेल, बडिगाड गाउँपालिका सभापतिमा रणबहादुर भुजेल, निसीखोला गाउँपालिका सभापतिमा खिमबहादुर कार्की र तमानखोला गाउँपालिका सभापतिमा झकबहादुर बुढा चयन हुनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार