मंग्सिर २, २०८३ बुधबार November 18, 2026

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

चीनले सन् २०२७ र २०२८ मा अमेरिकाबाट कम्तीमा एक करोड मेट्रिक टन कोइला आयात गर्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सान फ्रान्सिस्को । संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा सहमति जुटाउने तयारी भइरहेका बेला ह्वाइट हाउसले दुवै देशले कम कर लगाउन सक्ने वस्तुको सूची सार्वजनिक गरेको छ । यद्यपि, कुन वस्तुमा कति कर घटाउने र त्यसको समयतालिका भने सार्वजनिक गरिएको छैन ।

ह्वाइट हाउसले आइतबार सार्वजनिक गरेको विवरणअनुसार अमेरिका र चीनले कर घटाउन सकिने वस्तुको सूची समीक्षा गर्नेछन् र ती वस्तुमा दुवै पक्षले पारस्परिक रूपमा कम कर लगाउने व्यवस्था गर्ने उद्देश्य राखिएको छ । यो व्यवस्थाले दुवै दिशामा करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुलाई समेट्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार व्यापारलगायत विषयमा छलफल गर्दै शिखर बैठक सम्पन्न गर्नुभएको थियो । सीको वासिङ्टन भ्रमणपछि ह्वाइट हाउसले गैरसंवेदनशील वस्तुमा थप अनुकूल कर व्यवस्था गर्न सिफारिस गर्ने विषयमा सहमति भएको घोषणा गरेको थियो । बेइजिङले शनिबार उक्त सम्झौताको पुष्टि गरेको छ ।

अमेरिकाले चीनबाट आयात हुने आतसबाजी, क्रिसमसका सजावटी सामग्री, घरेलु सामान तथा खेलकुद सामग्रीलगायत ७७ वर्गका वस्तुमा कर घटाउन सक्ने सूचीमा उल्लेख छ ।

त्यसैगरी, चीनले अमेरिकाबाट आयात गर्ने वस्तुको सूचीमा गाईको मासु, सुँगुरको मासु, कुखुराको मासु तथा समुद्री खाना, अन्न, दुग्धजन्य पदार्थ, ह्विस्की, कोइला र काठलगायत एक हजार ६०० भन्दा बढी वर्गका वस्तु समावेश छन् ।

ह्वाइट हाउसका अनुसार चीनले सन् २०२७ र २०२८ मा अमेरिकाबाट कम्तीमा एक करोड मेट्रिक टन कोइला आयात गर्न पनि सहमति जनाएको छ ।

राष्ट्रपति ट्रम्प र सीले गत वर्ष दक्षिण कोरियामा भएको बैठकमा व्यापार युद्धविरामका लागि सहमति गर्नुभएको थियो । त्यसअघि दुई देशबीचको व्यापार विवादका क्रममा केही वस्तुमा कर १०० प्रतिशतभन्दा बढी पुगेको थियो ।

उक्त व्यापार युद्धविराम सुरुमा नोभेम्बरमा समाप्त हुने तय भए पनि दुवै पक्षले त्यसलाई जनवरी १० सम्म विस्तार गर्न सहमति गरेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताउनुभएको छ । रासस ÷एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार