वासिङ्टनडीसी, १३ असोज : इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमाथि लगाएको आर्थिक प्रतिबन्धमा राहत दिन र जफत गरिएको रकम जारी गर्न इच्छुक रहेको अमेरिकी अधिकारीले बताएका छन् ।
संयुक्त राज्य अमेरिकाले मध्यस्थकर्तामार्फत सकारात्मक र रचनात्मक छलफल गरिरहेको बताउँदै अधिकारीले आणविक मुद्दा सम्बोधन नगरेसम्म कुनै सम्झौता नहुने उल्लेख गरेका छन् ।
यसअघि आइतवार ट्रम्पले एक्सियोसलाई यस हप्ता इरानसँग थप वार्ता हुने अपेक्षा गरेको बताउनुभएको थियो । अमेरिकी अधिकारीका अनुसार विशेष दूत स्टिभ विटकोफ, जारेड कुसनर, उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले अमेरिकी पक्षमा वार्ताको नेतृत्व गरिरहेका थिए ।
अधिकारीका अनुसार इरानले आणविक मुद्दामा लचिलो हुने सङ्केत गरेको छ, तर दुवै पक्षले प्रतिबद्धताको समयमा सहमतिमा भने पुगिसकेका पुगेका छैनन् ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले सोमबार तेहरानले न्यूयोर्कमा कतारी मध्यस्थकर्तामार्फत संयुक्त राज्य अमेरिकासँग थप अप्रत्यक्ष वार्ता गरेको अल जजिराले जनाएको छ । मङ्गलबारसम्म इरानले वासिङ्टनबाट आधिकारिक प्रतिक्रियाको प्रतिक्षा गरिरहेको उहाँले बताउनुभयो ।
पत्रकारसँग कुरा गर्दै अराघचीले क्षेत्रीय तनाव र हर्मुजमा गम्भीर सुरक्षा अवस्थाबारे इरानको धारणा व्यक्त गर्नु गत हप्ताको संयुक्त राष्ट्र महासभाको सत्रमा उहाँको सहभागिताको प्रमुख उद्देश्य भएको बताउनुभयो ।
अल जजिराका अनुसार, इरानी विदेशमन्त्रीले विशेष सर्त पूरा भएमा तेहरानले सङ्कट समाधान गर्न र महत्वपूर्ण जलमार्ग पुनः खोल्नका लागि निष्पक्ष र तार्किक योजना अगाडि बढाएको दोहोरÞ्याउनुभयो ।
“हाम्रो उद्देश्य यी सर्त अमेरिकी पक्ष र अन्य सबै राष्ट्रलाई बुझाउनु थियो, अन्तरराष्ट्रिय समुदायलाई यस सन्दर्भमा इरानको योजना छ भनेर सचेत गराउनु थियो,” अराघचीले भन्नुभयो ।
विद्यमान मतभेद कम गर्ने र तेहरानका प्रस्तावको कार्यान्वयनलाई सहज बनाउने उद्देश्यले नयाँ उपाय कतारका मध्यस्थकर्ताले पछिल्लो बैठकमा पेस गरेका थिए भने हाल ती विचार वासिङ्टनमा फिर्ता पठाइएका छन् ।
“कतारी र पाकिस्तानी मध्यस्थकर्ताले आदानप्रदान गरेका यस्ता सञ्चार र सन्देश सधैँ सराहनिय भएता पनि इरानले अघि सारेको प्रस्तावलाई ध्यानमा राख्दै वार्ता प्रक्रियाले अझै गम्भीर प्रकृतिलाई लिएको बताएको अल जजिराले रिपोर्ट गरेको छ ।
यसअघि ट्रम्पले अमेरिकी अधिकारीले इरानमा मध्यस्थकर्तासँग छलफल गरेको पुष्टि गरेको अल जजिराले जनाएको छ । ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै, ट्रम्पले कुराकानीको पुष्टि गरेको तर वार्ताको बारेमा थप विवरण नदिएको जजिराले जनाएको छ ।
अल जजिराले उद्धृत गरेको इरानी मिडियाका अनुसार तेहरान र वासिङ्टनबीचको अवस्थाको पछिल्लो प्रस्ताव र घटनाक्रमबारे छलफल गर्न न्युयोर्कमा मध्यस्थकर्तासँग पनि अराघचीको भेट हुने कार्यक्रम थियो ।
कतारको प्रतिनिधिमण्डलले गत हप्ता संयुक्त राज्य अमेरिकाको यात्रा गरी आर्थिक राहतको बदलामा स्ट्रेट अफ हर्मुज पुनः खोल्ने सम्बन्धमा अमेरिकी अधिकारीलाई इरानी प्रस्ताव प्रस्तुत गरेपछि यो बैठक भएको हो ।
गत हप्ता, ८१औँ संयुक्त राष्ट्रसङ्घीय महासभाको अवसरमा, अराघचीले सात दिनको प्रस्तावको रूपरेखा प्रस्तुत गर्नुभयो जस अन्तर्गत इरानले वाशिङ्टनले केही सर्त पूरा गरेमा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने छ ।
इरानले यो प्रस्ताव बिचौलियामार्फत पठाइएको र जलमार्ग पुनः खोल्नलाई अमेरिकी सैन्य दबाब कमलगायतका उपायसँग जोडेको बताएको छ ।
यद्यपि, आइतवार संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले तेहरानले आफ्नो आणविक कार्यक्रममा वार्ता गर्नु अघि प्रतिबन्ध राहत र अरबौँ जफत भएको सम्पत्तिमा पहुँच मागेको दाबी गर्दै वासिङ्टनले प्रस्ताव अस्वीकार गरेको बताउनुभयो । वाल्ट्जले अमेरिकाले अन्ततः इरानसँग सम्झौतामा पुग्न आवश्यक भएकाले ट्रम्पले सबै सम्भावित विकल्प प्रस्ताव गरेको जनाउनुभएको छ ।
अमेरिकी अधिकारीले वाल्ट्जको दाबीलाई दोहोरÞ्याउँदै संयुक्त राज्य अमेरिका इरानको प्रतिज्ञाप्रति शङ्कास्पद रहेको बताउँदै देशले जुलाईमा व्यापारिक जहाजमा गोली हानेर अमेरिका–इरानको समझदारी ज्ञापनपत्र उल्लङ्घन गरेको बताएका छन् ।
तेहरान नयाँ शत्रुताको सम्भावनाका लागि तयारी गर्दै कूटनीतिका लागि तयार रहेको पनि उहाँले बताउनुभयो ।
हर्मुजको जलमार्ग विवादको केन्द्र बिन्दु बनेको हो भने इरान एक निर्धारित छलफल पछि जलमार्ग पुनः खोल्न तयार रहेको इरानी पक्षले जनाएको छ ।रासस/एएनआई
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया