मंग्सिर २, २०८३ बुधबार November 18, 2026

रूसको सुदूर पूर्वी क्षेत्रमा सैन्य विमान दुर्घटना, छ जनाको मृत्यु

प्रशिक्षण उडानका क्रममा टीयू–९५ विमान दुर्घटनाग्रस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को, असोज १३ गते ।  रूसको सुदूर पूर्वी अमुर क्षेत्रमा मङ्गलबार रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा छ जना चालक दलका सदस्यको मृत्यु भएको र एक जना घाइते भएको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका अपुस्ट भिडियोहरूमा दुर्घटनास्थलजस्तो देखिने ठाउँबाट आगो र धुवाँ उडिरहेको देखिएको छ भने पृष्ठभूमिमा ठूलो आवाज सुनिन्छ ।

“मङ्गलबार अमुर क्षेत्रमा प्रशिक्षण उडानका क्रममा टीयू–९५ विमान दुर्घटनाग्रस्त भएको छ ।  विमान मानव वस्तीबाट निकै टाढा खसेको थियो,” रक्षा मन्त्रालयले रूसी समाचार संस्था तास न्यूज एजेन्सीले जनाएको छ ।

“प्रारम्भिक तथ्याङ्कअनुसार छ जना चालक दलका सदस्यहरूको मृत्यु भएको छ भने एक जना घाइते भई उपचारका लागि लगिएको छ,” मन्त्रालयले थपेको छ। विमानमा कुनै पनि गोलाबारुद नभएको बताइएको छ ।

टीयू–९५ सोभियत सङ्घकालिन समयमा डिजाइन गरिएको ठूलो, आणविक क्षमता भएको बमवर्षक विमान हो । रूसले यो विमानलाई नियमित सैन्य अभ्यासहरूमा प्रायः प्रयोग गर्ने गर्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार