असोज १४, २०८३ बुधबार September 30, 2026

गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले प्रभावित परिवार र समुदायलाई अनुदान, नगद सहायता र कानुनी सहयोग प्रदान गरिरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

न्युयोर्क । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका कार्यवाहक विशेष संयोजक डा रमिज अलक्बरोभले गाजा पट्टीमा खाद्यान्न आपूर्तिको प्रवेशमा केही प्रगति भए तापनि यहाँका बासिन्दाले जटिल मानवीय सङ्कटको सामना गरिरहेको चेतावनी दिनुभएको छ ।

पानी, सरसफाई, आश्रयस्थल र फोहर व्यवस्थापनसम्बन्धी निरन्तरका सवाललाई औँल्याउँदै, सयका साथै श्रम बजारमा सुधारको अभावका कारण सहायता र नगद स्थानान्तरणमा उच्च निर्भरता रहेको बताउनुभएको छ ।

युएन न्यूजसँगको अन्तर्वार्तामा, अलक्बारोभले संयुक्त राष्ट्रसङ्घले गाजामा पानी, सरसफाइ, स्वास्थ्य, भग्नावशेष हटाउने, शिक्षा र किसानको समर्थनका क्षेत्रमा आफ्नो काम जारी राखेको उल्लेख गर्नुभएको छ । करिब तीन लाखभन्दा बढी बालबालिकाले अस्थायी स्थानमा शिक्षा प्राप्त गरिरहेको जनाउँदै उहाँले कृषि गतिविधिका लागि सीमित मात्रामा  मात्र जमिन उपलब्ध रहेको जनाकारी दिनुभएको छ ।

उहाँले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा लगाइएको प्रतिबन्धको बाबजुद पनि काम गरिरहेको बताउँदै आठ हजारभन्दा बढी मानिसहरू अझै भग्नावशेषमुनि बेपत्ता रहेको जनाउनुभयो ।

अलक्बारोभले गाजाका बासिन्दाको आगामी जाडो पनि शिविरमा बिताउने नभई स्कुल र काममा फर्कने, आफ्नो समुदायको पुनर्निर्माणमा योगदान गर्ने र पानी, सरसफाई र बिजुली सेवामा पुनः पहुँच प्राप्त गर्ने इच्छा व्यक्त गर्नुभयो ।

वेस्ट ब्याङ्कमा, संयुक्त राष्ट्रका संयोजकले इजरायली बस्ती गतिविधि, हिंसा, आवागमन प्रतिबन्ध र आर्थिक दबाबलाई उदृत गर्दै परिस्थिति अत्यधिक नाजुक रहेको वर्णन गर्नुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घले प्रभावित परिवार र समुदायलाई अनुदान, नगद सहायता र कानुनी सहयोग प्रदान गरिरहेको बताउनुभयो ।

राजनीतिक मार्गको सन्दर्भमा, उहाँले प्यालेस्टिनी सवाललाई व्यापक रूपमा सम्बोधन गरी विश्वासको पुनर्निर्माण गर्न, हिंसालाई उक्साउन रोक्न र प्यालेस्टिनी संस्थाको एकतालाई समर्थन गर्न जोड दिँदै दुई–राज्यबीच उत्पन्न समस्याको समाधानको कुनै विकल्प नभएको पुष्टि गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार