मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

काठमाण्डौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २४ हजार १३५ पुग्यो- १५ हजार ११४ जना होम आइसोलेसनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाण्डौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ७२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशका विभिन्न प्रयोगशालाहरुमा १६ हजार ८६३ पीसीआर परीक्षण गर्दा उपत्यकामा २ हजार ७२० जनासहित देशभर ४ हजार ४९९ जना संक्रमित भेटिएका छन् ।

उपत्यकामा शुक्रबार १ हजार ६२८ पुरुष र १ हजार ९२ महिलामा संक्रमण देखिएको हो ।

देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित रहेकोमा काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या २४ हजार १३५ छ। जसमा उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्रै २० हजार १९६ सक्रिय संक्रमित छन् ।  यस्तै, ललितपुरमा २ हजार ५७४ र भक्तपुर जिल्लामा १ हजार ३६५ सक्रिय संक्रमित छन्।

उपत्यकामा रहेका सक्रिय संक्रमितमध्ये १५ हजार ११४ जना होम आइसोलेसनमा छन् । शुक्रबार थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या एक लाख ५३ हजार ८ पुगेको छ। पछिल्लो २४ घण्टामा  २ हजार ६६८ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमणबाट थप १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार
केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बोलाउने एमालेको निर्णय
२०८३ मंग्सिर १, मंगलबार
सभामुख अर्यालसँग फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्षद्वारा शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर १, मंगलबार
एनपिएल : दीपेन्द्रको अर्धशतक, लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य
२०८३ मंग्सिर १, मंगलबार
वित्तीय अपराध अनुसन्धानलाई परिणाममुखी बनाउन सूचना आदानप्रदान प्रणाली सुदृढ गर्नुपर्ने : आईजीपी केसी
२०८३ मंग्सिर १, मंगलबार
अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान
२०८३ मंग्सिर १, मंगलबार
बैतडीको रौलाकेदार धाममा भक्तजनको घुइँचो, कार्तिक शुक्ल अष्टमीमा विशेष पूजा
२०८३ मंग्सिर १, मंगलबार