असोज १७, २०८३ शनिबार October 3, 2026

संसदलाई उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन : प्रधानमन्त्री कार्यालय

मूल्यवृद्धिलगायतका गतिविधि नियन्त्रण गर्न संयुक्त रूपमा बजार अनुगमन टोली परिचालन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले चाडपर्वको समयमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न संयुक्त बजार अनुगमन टोली गठन गरी बजार अनुगमनलाई तीव्रता दिने बताएका छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अर्यालले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी, मूल्यवृद्धिलगायतका गतिविधि नियन्त्रण गर्न संयुक्त रूपमा बजार अनुगमन टोली परिचालन गर्ने बताए।

उनले चालु आर्थिक वर्षका लागि विभिन्न मन्त्रालयबाट प्रस्तावित वार्षिक कार्यक्रमहरूको कार्ययोजना कार्यान्वयनका सम्बन्धमा छलफल गरी विस्तृत कार्यान्वयन योजना लागू गर्ने निर्णय भएको जानकारी दिए।

उनले भने, ‘चाडपर्वको मुखमा बजारमा हुन सक्ने कालोबजारी मूल्य वृद्धि लगायतका कुराहरुलाई नियन्त्रण गर्नको लागि संयुक्त रुपमा बजार अनुगमन टोली गठन गरेर बजार अनुगमनलाई तीव्रता दिने निर्णय भएको छ। चालु आर्थिक वर्षको लागि विभिन्न मन्त्रालयहरुबाट प्रस्ताव गरिएको वार्षिक कार्यक्रमहरुको कार्ययोजनाको कार्यान्वयन सम्बन्धमा छलफल गरी विस्तृत कार्यान्वयन योजना लागू गर्ने छौं।’

त्यस्तै, चालु आर्थिक वर्षका क्रियाकलाप प्रभावकारी रूपमा सम्पादन गर्ने सम्बन्धमा कार्यसम्पादन सम्झौता सम्पन्न भएको उनले बताए। प्रधानमन्त्रीले संसद्लाई छल्ने वा उपेक्षा गर्ने काम नगरेको पनि प्रवक्ता अर्यालले स्पष्ट पारे।

उनका अनुसार प्रधानमन्त्रीले भदौ १० गते प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने पूर्ण तयारी भएको थियो। तर, सोही समयमा बाढी आएपछि प्रधानमन्त्रीको सम्बोधन सान्दर्भिक नहुने अवस्था बनेको उनले बताए।

उनले भने,‘प्रधानमन्त्रीले भदौ १० गते प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने पूर्ण रूपमा तयारी भइसकेको थियो। त्यही बेला बाढी आयो र यो सान्दर्भिक भएन। कसैले पनि परिकल्पनाभन्दा माथिको विपद् भएर प्रधानमन्त्री जान चाहँदा पनि नमिलेको हो।त्यसैले संसद्लाई छल्ने, उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार