काठमाण्डौंः काठमाण्डौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यकामा मात्र १ हजार ११० जना संक्रमित थपिएका छन् । जसमध्य ४२९ जना महिला तथा ६८१ जना पुरुष रहेका छन् । काठमाण्डौंमा ८ सय ३२ , ललितपुरमा १ सय ७६ र भक्तपुरमा १ सय २ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । शुक्रबार काठमाण्डौं उपत्यकामा २ हजार ७ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे । जसअनुसार काठमाण्डौैमा २ हजार ३ सय ५७ , ललितपुरमा २ सय ३६ र भक्तपुरमा १ सय २७ जना रहेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया