असोज १७, २०८३ शनिबार October 3, 2026

अमेरिकी शेयर बजारमा वृद्धि, ब्याजदर नबढ्ने अपेक्षा

अमेरिकी श्रम तथ्यांकअनुसार सेप्टेम्बरमा गैरकृषि क्षेत्रमा २९ हजार नयाँ रोजगारी मात्र थपिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अमेरिकामा रोजगारीसम्बन्धी नयाँ तथ्यांक कमजोर देखिएपछि अमेरिकी केन्द्रीय बैंकले तत्काल ब्याजदर नबढाउने अनुमान बढेको छ। यससँगै शुक्रबार अमेरिकी शेयर बजारमा वृद्धि देखिएको छ।

डाउ जोन्स परिसूचक २५० अंक अर्थात् शून्य दशमलव ४९ प्रतिशतले बढेर ५१ हजार १७६ अंकमा पुगेको छ। एस एन्ड पी ५०० परिसूचक शून्य दशमलव ७ प्रतिशतले बढेर ७ हजार ७२२ अंकमा पुगेको छ। नास्डाक परिसूचक पनि १ दशमलव १९ प्रतिशतले बढेर २७ हजार १९० अंकमा बन्द भएको छ।

अमेरिकी श्रम तथ्यांकअनुसार सेप्टेम्बरमा गैरकृषि क्षेत्रमा २९ हजार नयाँ रोजगारी मात्र थपिएको छ। यो अपेक्षाभन्दा निकै कम हो। बेरोजगारी दर पनि बढेर ४ दशमलव २ प्रतिशत पुगेको छ।

कमजोर रोजगारी तथ्यांकपछि अमेरिकी केन्द्रीय बैंकले अक्टोबरको बैठकमा ब्याजदर नबढाउने सम्भावना बढेको बजार विश्लेषकहरूले बताएका छन्। यसले लगानीकर्ताको मनोबल बढाउन सहयोग गरेको छ।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। आपत्कालीन भण्डारबाट ठूलो परिमाणमा तेल तथा डिजेल बजारमा ल्याउने सहमति भएपछि अमेरिकी कच्चा तेलको मूल्य प्रतिप्यारेल ९१ डलर ११ सेन्टमा झरेको छ।

कम्पनीतर्फ, नाइकीको शेयर मूल्य करिब ३ दशमलव ६ प्रतिशतले घटेको छ। कम्पनीको आम्दानी अपेक्षाभन्दा कम भएपछि शेयर मूल्यमा गिरावट आएको हो। टेस्लाको शेयर मूल्य भने ४ दशमलव ६५ प्रतिशतले बढेको छ। एनभिडिया, एएमडी र अन्य केही प्रविधि कम्पनीका शेयर मूल्य पनि उच्च विन्दुमा पुगेका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार