असोज १७, २०८३ शनिबार October 3, 2026

विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा औद्योगिक क्षेत्रबाट करिब ४० मेगावाटसम्म विद्युत् आवश्यकताको प्रारम्भिक माग आएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडामा आयोजित छलफल कार्यक्रममा सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले विद्युत् आपूर्ति, उपभोक्ता सेवा, डिजिटल भुक्तानी, बढ्दो ऊर्जा माग, लोड व्यवस्थापन, विद्युत् चुहावट नियन्त्रण तथा विद्युत् पूर्वाधारको नियमित मर्मत सम्भारलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।

उहाँले विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तालाई जानकारी गराउने मात्र नभई समस्या समाधानको समय र अवस्थाबारे समेत तत्काल सूचना तथा प्रतिक्रिया दिने प्रणाली विकास गर्नुपर्ने बताउनुभयो। उपभोक्ताका गुनासोमा वितरण केन्द्र तथा कार्यालयले छिटो प्रतिक्रिया दिने व्यवस्था थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।

मन्त्री श्रेष्ठले विद्युत् महसुल भुक्तानीमा डिजिटल माध्यमको प्रयोग बढाउन पनि निर्देशन दिनुभयो। त्यसबाट उपभोक्ताको समय बचत हुनुका साथै प्राधिकरणको जनशक्तिलाई सेवाग्राहीका गुनासा सम्बोधन लगायतका काममा परिचालन गर्न सकिने उहाँले बताउनुभयो ।

हेटौँडा औद्योगिक क्षेत्रबाट करिब ४० मेगावाटसम्म विद्युत् आवश्यकताको प्रारम्भिक माग आएको उल्लेख गर्दै त्यसका लागि आवश्यक पूर्वाधार, प्राविधिक तयारी र सम्बन्धित निकायसँग समन्वय गर्न पनि मन्त्री श्रेष्ठले आग्रह गर्नुभयो । विद्युत् चुहावट नियन्त्रणलाई संवेदनशील विषयका रूपमा लिएर प्राप्त उपलब्धिलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

डिभिजन कार्यालय प्रमुख सुरेन्द्रकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठ, प्राधिकरणका कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार