असोज २५, २०८३ आइतबार October 11, 2026

पोखरा पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिमका नरेन्द्रसिंह रावतले जिते

नीरज भट्ट क्षेत्रीले ३५ मिनेट २९ सेकेण्डमा दौड पूरा गरेर तृतीय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की । पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जितेका छन् ।

पोखरा–२२ पुम्दी–भुम्दीमा आयोजित प्रतियोगितामा निर्धारित आठ किमी दूरी उनले ३४ मिनेट ३५ सेकेण्डमा पूरा गरी उपाधि रक्षा गर्न सफल भए । बैतडीका रावतले अघिल्लो संस्करणको उपाधिसमेत जितेका थिए । च्याम्पियन नरेन्द्रले उपाधिसहित नगद रु. ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । यसैगरी गौतम श्रेष्ठले निर्धारित दूरी ३५ मिनेट १६ सेकेण्डमा पूरा गरे । उनले रु. ३० हजार पुरस्कार पाए ।

नीरज भट्ट क्षेत्रीले ३५ मिनेट २९ सेकेण्डमा दौड पूरा गरेर तृतीय बने । उनले रु. १५ हजार पुरस्कार पाए । महिलातर्फ खोटाङकी दीर्पा बस्नेत प्रथम हुन सफल भइन् । उनले निर्धारित आठ किमी दूरी ४८ मिनेट १३ सेकेण्डमा पार गरेकी थिइन् । पहिलो सहभागितामा उपाधि विजेता उनले नगद रु. १५ हजार प्राप्त गरिन् ।

दोरपता कठायतले ५० मिनेट २० सेकेण्ड समय लगाइन् र द्वितीय बन्दै रु. सात हजार पुरस्कार पाइन् । मीनु बुढाले ५१ मिनेट १३ सेकेण्ड लगाउँदै तृतीय हुन सफल भइन् र रु. पाँच हजार पुरस्कार पाइन् । यू–१६ तर्फ कमल बिक प्रथम, मुलुक सिंह खत्री द्वितीय र सक्षम बोहोरा तृतीइ भए । पोखरा–२२ वडाअन्तर्गत क्रिशल परियार प्रथम भए । सुयन विकले द्वितीय स्थान बनाउँदा कमल पौडेल तृतीय भए ।

भेट्रान्सतर्फ तेजबहादुर गुरुङ प्रथम हुन सफल भए । किशोर थापा द्वितीय र कमल गुरुङ तृतीय बने । विदेशी धावकतर्फ फ्रान्सका माथियस डियोन प्रथम, रसियाका अलेकजेण्डर दोस्रो भए । खुलाबाहेक बाँकी विधामा प्रथम, द्वितीय र तृतीयले क्रमशः रु  १५हजार, रु. १० हजार रु सात हजार नगदका साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकद्वारा विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित दौड विश्व शान्ति स्तूपदेखि सुरु भएर विशाल महादेवको मूर्ति, वडा कार्यालय हुँदै बुद्ध पार्क पुगेर समापन भएको हो । विजयी खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, महानगरका प्रमुख प्रशासकीय अधिकृत, राजन पौडेल, गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टङ्कप्रसाद ढकाल, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीण कँडेल, लगायलते पुरस्कार वितरण गरे ।

सोही पुम्दीभुम्दीको पर्यटन प्रवर्द्धन र स्थानीय क्षेत्रको विकासमा योगदान दिएका राज गुरुङ ‘लाला’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको थियो । गुरुङ कालाबाङ घरेडी बुद्ध पार्कका परिकल्पनाकार तथा कालाबाङ घरेडी बुद्ध पार्क विकास संस्थाका संस्थापक अध्यक्ष छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
२०८३ असोज २५, आइतबार
बेनी-जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ प्रस्थान
२०८३ असोज २५, आइतबार
पाकिस्तानमा इमरान खानको पार्टीको सरकार बर्खास्त
२०८३ असोज २५, आइतबार
बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर
२०८३ असोज २५, आइतबार
चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय
२०८३ असोज २५, आइतबार
साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
२०८३ असोज २५, आइतबार
एमालेको ‘मिसन पार्टी जागरण अभियान’: कोटेश्वरमा ‘६-ज’ नीतिबारे अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला
२०८३ असोज २५, आइतबार