काठमाडौं, २६ असोज । चलचित्र विकास बोर्डले सिनेमा हलमा प्रदर्शनरत नौवटा नेपाली चलचित्रको कमाइ विवरण सार्वजनिक गरेको छ ।
सबैभन्दा बढी कमाइ ‘गौँथली’को छ । चलचित्रले २६ करोड दुई लाख ७० हजार ५९० रुपैयाँ ग्रस कमाएको छ ।
दोस्रो स्थानमा चलचित्र ‘पेन्सन पट्टा’ उक्लिएको छ । भदौ २६ गते प्रदर्शन भएको चलचित्रले आइतबारसम्म नौ करोड ८८ लाख ९२ हजार १८८ रुपैयाँ ग्रस कमाएको बोर्डको विवरणमा उल्लेख छ ।
बोर्डको सिनेपा: विवरणअनुसार चलचित्र ‘बा: एक योद्धा’ ले आइतबार रातिसम्म तीन करोड पाँच लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कमाइ गरेको छ । चलचित्रको टिकट बिक्रीको संख्या भने एक लाख ७ हजार ५३३ पुगेको छ ।
निखिल उप्रेतीको ‘आचार्य’ले एक करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ, ‘बेहुली’ले दुई लाख ९९ लाख ४० हजार ७२४ रुपैयाँ, ‘झिँगेदाउ २’ ले एक करोड ४६ लाख १२ हजार ९१६ रुपैयाँ र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) ले एक करोड ३१ लाख ६० हजार ५४५ रुपैयाँ, ‘चमेलीको पोइ’ले ५ लाख ५० हजार २१० रुपैयाँ र ‘चंगुल’ले १ लाख ३८ हजार ३८० रुपैयाँ ग्रस कमाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया