असोज २७, २०८३ मंगलबार October 13, 2026

चलचित्र ‘गौंथली’ का निर्देशक रिजाललाई फ्रान्समा ‘सर्वश्रेष्ठ निर्देशक’ अवार्ड

नेपाली चलचित्र इतिहासमै सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बन्यो ‘गौथली’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २६ असोज । चलचित्र ‘गौंथली’ का निर्देशक कपिल रिजाल ‘रेड मुभी अवार्ड’ बाट सम्मानित भएका छन् ।

फ्रान्समा जारी ‘रेड मुभी अवार्ड २०२६’ मा रिजाललाई सर्वश्रेष्ठ निर्देशकको अवार्ड दिइएको हो । रिजालले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत अवार्डबारे जानकारी गराएका छन् ।

‘यो पुरस्कार मेरो एक्लो होइन, सम्पूर्ण गौँथली परिवारको साझा उपलब्धि हो। पर्दामा पात्रहरूलाई जीवन्त बनाउने हाम्रा उत्कृष्ट कलाकारहरू, पर्दापछाडि अथक मिहिनेत गर्ने प्राविधिक टोली, र पहिलो दिनदेखि नै यो कथामा विश्वास राख्ने बीआर प्रोडोक्सन परिवार,  तपाईंहरू सबैको योगदानले नै यो सपना साकार भएको हो।
हरेक कदममा माया, साथ र हौसला दिनुहुने आदरणीय पत्रकार, इष्टमित्र तथा चलचित्रप्रेमीहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु,’ रिजालले लेखेका छन् ।

‘गौथली’ नेपाली चलचित्र इतिहासमै सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनेको छ । चलचित्रले आइतबारसम्म २६ करोड रुपैयाँ आम्दानी गरेको छ । चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काको अभिनय रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु अन्यायका कारण नेपालले विपद् भोग्नुपरेको हो : संयोजक प्रचण्ड
२०८३ असोज २७, मंगलबार
नेपाली कांग्रेस महाधिवेशन : महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट
२०८३ असोज २७, मंगलबार
पीडितको हितमा सरकारले सक्दो प्रयास गरिरहेको छ : मन्त्री पौडेल
२०८३ असोज २७, मंगलबार
कांग्रेस जनसम्पर्क समितिको निर्वाचन परिणाम सार्वजनिक, विभिन्न क्षेत्रबाट नयाँ नेतृत्व चयन
२०८३ असोज २७, मंगलबार
सभामुख अर्याल स्वदेश फिर्ता
२०८३ असोज २७, मंगलबार
गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८३ असोज २७, मंगलबार