असोज २७, २०८३ मंगलबार October 13, 2026

कांग्रेस जनसम्पर्क समितिबाट दुई महिलासहित ७ जना केन्द्रीय सदस्य निर्वाचित

भारतबाट बालकृष्ण पाण्डे सर्वाधिक ३ हजार ८२७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै दुई महिलासहित सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

महिलातर्फ सीता सापकोटा घिमिरे र चन्द्रा अधिकारी निर्वाचित भएका छन् । घिमिरेले ३ हजार ११३ मत प्राप्त गर्दा अधिकारीले २ हजार ८९६ मत ल्याइन् ।

क्षेत्रगत रूपमा युरोपबाट जितेन्द्रविक्रम शाही १ हजार ४१२ मतसहित विजयी भए । ओसियाना–अमेरिका क्षेत्रबाट विद्याभूषण कार्कीले १ हजार ९५१ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान बनाए ।

त्यस्तै, मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनाल २ हजार ९४ मतसहित निर्वाचित हुँदा प्यासिफिक क्षेत्रबाट डा। बलराम श्रेष्ठले १ हजार ९२० मत प्राप्त गरी जित हासिल गरे ।

भारतबाट बालकृष्ण पाण्डे सर्वाधिक ३ हजार ८२७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस जनसम्पर्क समितिबाट दुई महिलासहित ७ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
बाजुरामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न
२०८३ असोज २७, मंगलबार
नेपाल टेलिकमद्वारा आकर्षक सुविधासहित ‘अटम अफर २०८३’ सार्वजनिक‘
२०८३ असोज २७, मंगलबार
कांग्रेस महाधिवेशन: जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित
२०८३ असोज २७, मंगलबार
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु, संघीयता कार्यान्वयनमा साझा पहलको जोड
२०८३ असोज २७, मंगलबार
काठमाडौँका विभिन्न स्थानमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
२०८३ असोज २७, मंगलबार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
२०८३ असोज २७, मंगलबार