असोज ३०, २०८३ शुक्रबार October 16, 2026

पाकिस्तानका उसामा मिरले चितवनबाट एनपिएल खेल्न

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ,  असोज ३० गते । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजबाट खेल्ने भएका छन् ।

चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो । उनको आगमनले टोली थप बलियो बनेको समेत चितवनले जनाएको छ । ३० वर्षीय मिर पाकिस्तानका अनुभवी स्पिनर हुन् ।

दायाँहाते लेग स्पिन बलिङ गर्ने उनले सन् २०२३ मा न्युजील्यान्डविरुद्ध एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटबाट पाकिस्तानको राष्ट्रिय टोलीमा पदार्पण गरेका थिए ।

उहाँले पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय दुवै प्रारूपमा खेलेका छन् । मिरले १२ एकदिवसीय र पाँचवटा टी–२० आई खेलमा प्रतिस्पर्धा गरेका छन् ।

पाकिस्तान सुपर लिग (पिएसएल), बिग बास लिग (बिबिएल), बङ्लादेश प्रिमियर लिग (बिपिएल), क्यारेबियन प्रिमियर लिग ९सिपिएल० लगायत प्रतिष्ठित व्यावसायिक लिगसमेत उहाँले खेलिसक्नुभएको छ । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले सुरक्षा फिर्ता लगेपछि एमाले कार्यालयमा पूर्वसुरक्षाकर्मी तैनाथ
२०८३ असोज ३०, शुक्रबार
दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण
२०८३ असोज ३०, शुक्रबार
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
२०८३ असोज ३०, शुक्रबार
नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की
२०८३ असोज ३०, शुक्रबार
खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत
२०८३ असोज ३०, शुक्रबार
नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई
२०८३ असोज ३०, शुक्रबार
चिकित्सा शिक्षा आयोगको बैठक सिंहदरबारमा सुरु
२०८३ असोज ३०, शुक्रबार