कार्तिक १, २०८३ शनिबार October 17, 2026

एआईको बढ्दो मागसँगै सिंगापुरको निर्यातमा तीव्र वृद्धि

सिंगापुरको कुल वस्तु व्यापार सेप्टेम्बरमा ५०.८ प्रतिशतले वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिंगापुर,३१ असोज : कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित वस्तुको माग बढ्दा सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को सेप्टेम्बरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.४ प्रतिशतले वृद्धि भएको छ ।

सिंगापुरको सरकारी निकाय इन्टरप्राइज सिंगापुरले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, अगस्टमा पनि गैरतेल घरेलु निर्यात ४६.१ प्रतिशतले बढेको थियो ।

सेप्टेम्बरमा विद्युतीय सामग्रीको निर्यात १०७.६ प्रतिशतले बढेको छ । कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित वस्तुको बलियो मागले यस वृद्धिलाई सहयोग पुर्‍याएको हो । यसैगरी, गैरविद्युतीय सामग्रीको निर्यात ५४.२ प्रतिशतले वृद्धि भएको छ ।

गैरतेल पुनःनिर्यात पनि सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा ४७.८ प्रतिशतले बढेको छ । अगस्टमा यस्तो निर्यात ५३.२ प्रतिशतले वृद्धि भएको थियो ।

पुनःनिर्यातअन्तर्गत विद्युतीय सामग्रीको निर्यात ६४.२ प्रतिशत र गैरविद्युतीय सामग्रीको निर्यात २२.१ प्रतिशतले बढेको विवरणमा उल्लेख छ ।

यसैबीच, सिंगापुरको कुल वस्तु व्यापार सेप्टेम्बरमा ५०.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो महिना अगस्टमा यस्तो वृद्धि ४४.४ प्रतिशत थियो । सेप्टेम्बरमा निर्यात र आयात दुवैमा वृद्धि भएको इन्टरप्राइज सिंगापुरले जनाएको छ ।रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल (अन्तवार्ता)
२०८३ कार्तिक १, शनिबार
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
२०८३ कार्तिक १, शनिबार
बजेट कटौतीको प्रस्तावमा ईयू सदस्य राष्ट्रबीच असहमति
२०८३ कार्तिक १, शनिबार
दशैं तिहारमा उपहार, नगद र सुविधा नलिन-नदिन रास्वपाको अपिल
२०८३ कार्तिक १, शनिबार
सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
२०८३ कार्तिक १, शनिबार
प्रधानमन्त्री बालेन्द्र शाहको बडादसैँ शुभकामना : सत्य, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न आह्वान
२०८३ कार्तिक १, शनिबार
प्रम कार्यालयमै अढाइ लाख तलब
२०८३ कार्तिक १, शनिबार