काठमाण्डौंः कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
मंगलबार सूचना जारी गर्दै कार्यालयले अन्य कर्मचारीको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको भएपनि रिर्पोट नआएकाले बुधबारदेखि अर्को सूचना नआएसम्म कार्यालय बन्द रहने जनाएको हो ।
ठाडो निवेदन, शान्ति सुरक्षा र मुद्दा सम्बन्धिका अत्यावश्यक सेवा भने बन्द नहुने जारी सूचनामा उल्लेख गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया