कार्तिक ४, २०८३ बुधबार October 21, 2026

विश्वकप लिग–२ खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना भने अझै अनिश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको शृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।

ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा सहभागी भएर नेपाली टोली आज बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरेका थिए ।

लिग–२ को अन्तिम शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै चारमध्ये तीन खेलमा जित निकालेको थियो । उक्त शृङ्खलामा नेपालले ओमान र क्यानडासँग प्रतिस्पर्धा गरेको थियो ।

नेपालले शृङ्खलामा तीन खेल जिते पनि विश्वकप लिग–२ मा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना भने अझै अनिश्चित छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया