कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन जाँदै

अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक आयोजना गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ५ कात्तिकः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ग्लोबल गभर्नेन्स फोरमको बैठकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको छ ।

यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुन लागेको सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले बिशिष्ट अतिथिका रुपमा सम्बोधन गर्नुहुने जनाइएको छ । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण: विश्व शासनको सुधार र सुदृढीकरण’ फोरमको मूल विषय रहेको छ ।

उक्त फोरमको आयोजकका अनुसार अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक आयोजना गरिनेछन् । फोरममा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, बहुपक्षीयताको प्रवद्र्धन, शान्ति स्थापना कार्यको समयानुकूल सुधार तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकहरूको बढ्दो भूमिकाबारे छलफल हुनेछ ।

त्यसैगरी, विश्व आर्थिक तथा वित्तीय शासन प्रणालीको सुधार, विश्व व्यापार सङ्गठन ९डब्लूटीओ० को पुनरुत्थान, क्षेत्रीय मौद्रिक सहकार्य र अन्तर्राष्ट्रिय व्यापारमा ग्लोबल साउथका मुलुकहरूको भूमिका पनि छलफलका प्रमुख विषय रहनेछन् ।

जलवायु परिवर्तन, हरित तथा न्यून कार्बन विकास, दिगो विकास र विश्वव्यापी जलवायु शासन प्रणालीलाई न्यायपूर्ण तथा समतामूलक बनाउने विषयले पनि फोरममा स्थान पाउनेछन् ।

कृत्रिम बौद्धिकता ९एआई०, साइबर स्पेस र अन्तरिक्ष शासनसम्बन्धी चुनौती, एआइको सुरक्षित प्रयोग तथा चीन–आसियानबीच एआई शासनका सिद्धान्त र नियामक समन्वयका विषयमा समेत छलफल हुनेछ । विज्ञान तथा प्रविधिको विकास र औद्योगिक रूपान्तरणबाट सबै मुलुकले लाभ लिन सक्ने उपायबारे पनि बहस हुनेछ ।

यसका अतिरिक्त, सभ्यताबीचको संवाद, सांस्कृतिक विविधता, मानवअधिकार शासन, मानवीय सहायता तथा नागरिक समाजको भूमिकाबारे विभिन्न सत्र आयोजना गरिने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछाने पत्नी निकिता र मन्त्री प्रतिभा रावलसहित भारत भ्रमणमा
२०८३ कार्तिक ६, शुक्रबार
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
२०८३ कार्तिक ५, बिहिबार
टर्की, पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता
२०८३ कार्तिक ५, बिहिबार
भक्तपुरको थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न
२०८३ कार्तिक ५, बिहिबार
धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
२०८३ कार्तिक ५, बिहिबार
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
२०८३ कार्तिक ५, बिहिबार
सल्यानमा स्क्रब टाइफसबाट थप एक पुरुषको मृत्यु, मृतकको सङ्ख्या १० पुग्यो
२०८३ कार्तिक ५, बिहिबार