कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

आज अधिकांश स्थानमा मौसम सफा रहने

देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ५ कात्तिकः देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शुक्रबार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ । देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

यस्तै, शनिबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सो दिन देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछाने पत्नी निकिता र मन्त्री प्रतिभा रावलसहित भारत भ्रमणमा
२०८३ कार्तिक ६, शुक्रबार
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
२०८३ कार्तिक ५, बिहिबार
टर्की, पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता
२०८३ कार्तिक ५, बिहिबार
भक्तपुरको थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न
२०८३ कार्तिक ५, बिहिबार
धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
२०८३ कार्तिक ५, बिहिबार
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
२०८३ कार्तिक ५, बिहिबार
सल्यानमा स्क्रब टाइफसबाट थप एक पुरुषको मृत्यु, मृतकको सङ्ख्या १० पुग्यो
२०८३ कार्तिक ५, बिहिबार