कार्तिक ९, २०८३ सोमबार October 26, 2026

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

परीक्षणबाट खोपको सुरक्षा र प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै यसको प्रयोगका लागि उपयुक्त समूह पहिचान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किन्शासा, ९ कात्तिक : प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का स्वास्थ्य अधिकारीहरूले इबोला रोगको फैलावट नियन्त्रण गर्ने प्रयासस्वरूप नयाँ खोपको परीक्षण सुरु गरेको घोषणा गरेका छन् । परीक्षणबाट खोपको सुरक्षा र प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै यसको प्रयोगका लागि उपयुक्त समूह पहिचान गरिनेछ ।

परीक्षणका विभिन्न चरणमा खोपका सम्भावित दुष्प्रभावसमेत निगरानी गरिनेछ । विशेषज्ञहरूले परीक्षण सुरु हुँदैमा खोप सामान्य प्रयोगका लागि स्वीकृत भएको वा यसको प्रभावकारिता प्रमाणित भइसकेको अर्थ नलाग्ने स्पष्ट पारेका छन् । खोपको प्रभावकारिताबारे निष्कर्ष निकाल्न क्लिनिकल अध्ययनका विभिन्न चरणमा सङ्कलन गरिएको तथ्याङ्क विश्लेषण गर्नुपर्नेछ ।

स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितको पहिचान र निगरानी, बिरामीलाई अलग राख्ने, उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी तथा जनचेतनामूलक अभियानलाई निरन्तरता दिइरहेका छन् । भाइरसको प्रसार नियन्त्रण गर्न यी उपाय महत्त्वपूर्ण मानिन्छन् । साथै, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री उपलब्ध गराउने काम पनि भइरहेको छ ।

डीआर कङ्गोले गत मे महिनाको मध्यतिर इबोला प्रकोप घोषणा गरेको थियो । इबोला अत्यन्त घातक रोग हो, जसले विगत ५० वर्षमा अफ्रिकामा १५ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । नयाँ खोपको परीक्षणलाई प्रकोप नियन्त्रणका लागि भइरहेका प्रयासको एउटा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।रासस/क्युएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल
२०८३ कार्तिक ९, सोमबार
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
२०८३ कार्तिक ९, सोमबार
कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा
२०८३ कार्तिक ९, सोमबार
तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य
२०८३ कार्तिक ९, सोमबार
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर
२०८३ कार्तिक ९, सोमबार
चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले सम्हाले कार्यभार
२०८३ कार्तिक ९, सोमबार
दशैँपछिको पहिलो कारोबार दिनमै नेप्से घट्यो, २६२९.८२ विन्दुमा झर्यो
२०८३ कार्तिक ९, सोमबार