काठमाडौंः सञ्चारकर्मी रवि लामिछाने दम्पतिलाइ कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार राती हल्का जवरो आएपछि बुधबार परिक्षण गर्दा रवि र उनकी पत्नी निकिता पौडेललाइ कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि भएपछि उनी होम आइशोलेसनमा बसेको लामिछानेले सामाजिक सञ्जाल मार्फत जानकारि दिएका छन् ।
उनले लेखेका छन्,’गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पिसिआर टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ।
हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया