कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल

पार्टीमा भएका सुधारका प्रयास र परिवर्तनलाई जनतासमक्ष पु¥याउनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), १० कात्तिकः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

उहाँले लोकतन्त्र सङ्कटमा परेका बेला तरुणहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पार्टीको सङ्गठन सुदृढीकरण र रूपान्तरणमा पनि युवाहरूले सिर्जनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल तनहुँद्वारा आज दमौलीमा आयोजित  शुभकामना आदानप्रदान कार्यक्रममा  महामन्त्री पौडेलले तरुण दललाई नेपाली कांग्रेसको मेरुदण्डको सङ्ज्ञा दिनुभयो ।

लोकतान्त्रिक आन्दोलन तथा लोकतन्त्रको रक्षाका लागि तरुणहरूले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउँदै उहाँले आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको संरक्षणमा युवाहरू सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेसले तरुण तथा युवालाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै पौडेलले पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व बढ्दै गएको बताउनुभयो । उहाँले कांग्रेसको रूपान्तरणका लागि तणहरूले केवल सङ्गठन विस्तारमा मात्र सीमित नभई नयाँ सोच, विचार र सिर्जनात्मक कार्यक्रममार्फत पार्टीलाई जनतासँग जोड्नुपर्ने बताउनुभयो ।

पार्टीमा भएका सुधारका प्रयास र परिवर्तनलाई जनतासमक्ष पु¥याउनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले पार्टीभित्र भएका सकारात्मक परिवर्तनबारे जनतालाई बुझाउन सके कांग्रेसप्रतिको विश्वास थप बलियो बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चिनु पोख्रेलले पार्टीभित्र एकता आवश्यक रहेको बताउनुभयो । त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य जगदीशचन्द्र पोख्रेल र दीपक भट्टराईलगायतले तरुण दलको भूमिका, पार्टी सङ्गठनको सुदृढीकरणका विषयमा धारणा राख्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार
लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
२०८३ कार्तिक १०, मंगलबार
सौराहामा पर्यटकको चहलपहल बढ्यो
२०८३ कार्तिक १०, मंगलबार
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
२०८३ कार्तिक १०, मंगलबार
हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
२०८३ कार्तिक १०, मंगलबार
झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति
२०८३ कार्तिक १०, मंगलबार