कार्तिक ११, २०८३ बुधबार October 28, 2026

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

नजिकिँदै गरेका दीपावली, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न र नागरिक सेवामा पूर्ण रूपमा समर्पित भएर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले नजिकिँदै गरेका दीपावली, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताए। प्रहरी महानिरीक्षक कार्कीले चाडपर्वका समयमा हुनसक्ने लुटपाट, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागु गरी प्रहरी परिचालन गर्न निर्देशन दिए।

उनले सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै सवारीसाधनको यान्त्रिक अवस्था जाँच, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने कार्य, ओभरलोड र ट्राफिक नियम उल्लङ्घन नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताए।

यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्नुका साथै जनचेतनामूलक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ थियो। सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

उनले चाडपर्वका समयमा जुवातास, पटका तथा विस्फोटक पदार्थको कारोबार र सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सक्रिय हुनुपर्ने उल्लेख गरे

काठमाडौँमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन उनले निर्देशन दिए। प्रतियोगिताका क्रममा हुन सक्ने अनलाइन बेटिङलगायतका गैरकानुनी गतिविधि नियन्त्रण गर्न उपलब्ध प्रविधिको उच्चतम प्रयोग गर्न र संलग्नलाई कानुनी दायरामा ल्याउन उनले आग्रह गरे।

प्रहरी महानिरीक्षक कार्कीले देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्वतयारी र उच्च सतर्कतासहित प्रहरी परिचालन गर्न निर्देशन दिए।

प्रदेश प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखले आफ्नो जिम्मेवारी क्षेत्रको नियमित अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी देखिएका कमजोरी समयमै सुधार गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर तथा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखले आआफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेसहित काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलगायतको प्रमुख तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार